2026-11-02 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पर्यटक लोभ्याउँदै भुजुुङ गाउँ

2025-06-19
काठमाडौं ।  ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ । एउटै वडा एउटै गाउँ हो भुजुङ ।
जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ । गाउँको उत्तरतर्फ घना जङ्गल, घाँसे मैदान र खर्कका साथै लमजुङ हिमाल, अन्नपूर्ण हिमाल देखिन्छ । गुुरुङ समुदायका परम्परागत रीतिरिवाज, वेषभूषा, भाषा, संस्कृति र पहिचानलाई जीवन्त राखिएको भुजुङ समाजका पूर्व अध्यक्ष तथा घरबास सञ्चालक रामचन्द्र गुुरुङले बताउनुुभयो ।
उहाँले प्राचीन शैलीका घुमाउने घर जस्ता संरचनाले यहाँ आउने जो कोही लोभिने बताउनुुभयो । कूल ५०० घरधुरी रहेको यस गाउँमा ३३ घरमा घरबास सञ्चालन गरिएका छन् । भुजुङ सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गुुरुङका अनुुसार गाउँमा २०६३ सालदेखि घरबास सञ्चालन गरिएको हो । हाल घरबासमा दैनिक ५० देखि ६० जना पर्यटक आउने गर्छन् ।
पर्यटकलाई स्थानीयले आतिथ्यतासँगै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालुका परिकार र कोदोको रक्सी, खसी कुखुराको मासु ख्वाउने गरेका छन् । स्थानीयले भुुजुङलाई लुकेको गाउँसमेत भन्न रुचाउँछन् ।
यस गाउँमा ९० प्रतिशत गुरुङ छन् । त्यसैले गुुरुङ समुदायको संस्कार र संस्कृति नियाल्ने महत्वपूर्ण थलो बनेको छ । गाउँको सौन्दर्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्दै गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने लक्ष्य स्थानीयको छ ।
गाउँका प्राचीन गुुम्बा, चिया बगान, सन्तानेश्वर महादेव मन्दिरलाई पर्यटकीय रुपमा उपयोग गरिने होमस्टेका अध्यक्ष तुलबहादुर गुुरुङले बताउनुुभयो । सन्तान प्राप्त नभएका दम्पत्तिले यहाँस्थित सन्तानेश्वर महादेव मन्दिरमा पूजाआजा गरेमा सन्तान प्राप्त हुने विश्वास छ ।
यहाँ पहिलो पटक २०६४ सालमा भुजुङ महोत्सव आयोजना गरिएको थियो । त्यसयता विभिन्न चरणमा प्रवद्र्धनात्मक कार्यक्रम गरिँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीयको आय–आर्जनका लागि घरबास पर्यटन सुरुवात गरिएको थियो । सो कार्य नै यहाँको पर्यटकीय विकासका लागि बरदान सावित भएको छ । सुरुमा १५ वटा घरबाट सुरु गरिएको घरबास अहिले ३३ घरमा विस्तार भएको छ ।
भुजुङको पर्यटकीय विकासलाई लक्षित गरी यस गाउँलाई गुुरुङ सम्पदा पदमार्गमा समेटिएको गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुुरुङले बताउनुुभयो । “कास्की, लमजुङलगायत यहाँका विभिन्न गुुरुङ गाउँबाट सुुरु गरी दूधपोखरी, गुुरुङ देउरालीलगायतका स्थान समेट्दै प्राचीन नून बोक्न जाने मार्ग, भेडीगोठ र खर्क जोड्न्े मार्गलाई हामीले गुुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेका छौँ”, उहाँले भन्नुुभयो, “यस पदमार्गमा भुजुङलगायतका गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै स्थानीयको आयआर्जन बढाउने लक्ष्य छ ।”
सङ्घको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्होलासोथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाको सहयोगमा हालै भुजुुङसहित सिङ्दी, पसगाउँ, घनपोखरा हुँदै चार हजार ६०० मिटर उचाइको धार्मिक पर्यटकीय गन्तव्य दूधपोखरीसम्म खोज तथा अन्वेषणत्मक पदयात्रा गरिएको छ ।
जथाभावी बाटो खन्दा पदमार्ग मासिँदै गएकाले पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्पका रुपमा गुरुङ सम्पदा पदमार्ग विकास गर्न लागिएको सङ्घका अध्यक्ष किसमकुुमारी गुुरुङले जानकारी दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द