Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विषालु सर्पको टोकाइले बालिकाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ । सर्पले टोक्दा जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ। भेरी नगरपालिका-६ गगटियाका जय बहादुर शाहीकी ८ वर्षीया छोरी दीक्षा शाहीको उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमै सुतिरहेको अवस्था सोमबार बिहान सर्पले टोकेको थियो। सर्पले टोकेपछि बेहोस भएकी उनलाई उपचारका लागि जाजरकोट अस्पताल ल्याइएको थियो।

गम्भीर अवस्थामा रहेकी ती बालिकाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका डाक्टरले बताए। उनले भने -‘विषले धेरै असर गरिसकेको रहेछ। जति कोसिस गर्दा पनि बचाउन सकिएन।