१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नक्कली स्टीकरसहित पक्राउ

२० भाद्र २०७४, मंगलवार ०८:२७

भदौ २०, वीरगञ्ज। आन्तरिक कार्यालयको छापअंकित ५० केजी ( ८७ हजारभन्दा बढी) नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ । 

भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा सो नक्कली स्टीकर फेला परेको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ । कार्यालयका अनुसार सो स्टीकर काठमाडौँ बौद्धस्थित हरिओम ट्रेडिङ प्रालिको रहेको अनुसन्धान क्रममा खुल्न आएको छ । सो स्टीकर आन्तरिक राजस्व विभागले मात्र मगाउने कानून प्रावधान रहे पनि हरिओम ट्रेडिङ प्रालिले कसरी ल्यायो भन्नेबारेमा छानबिन भइरहेको छ । 

आन्तरिक राजस्व कार्यालयका निमित्त प्रमुख रञ्जीता दत्तले अभियुक्त गुप्तालाई थुनामा राखी बयान लिने काम भइरहेको बताउनुभयो । 

कपडा बरामद 

वडा प्रहरी कार्यालय बिर्ताले गए राति वीरगञ्ज महानगरपालिका–५ कारागार क्षेत्रमा रहेको एक घरमा छापा मारी रु २० लाख मूल्य बराबरका विभिन्न प्रकारका कपडा बरामद गरेको छ । 

सो घरमा डेरा लिई बस्दै आएका उमाशंकर पण्डितले भारतबाट अवैध रुपमा कपडा तस्करी गरी उक्त घरमा राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको प्रहरी निरीक्षक अनीशकुमार कर्णले राससलाई बताउनुभयो । फरार पण्डितको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह