११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गहवामाईको रथयात्रा सम्पन्न

१३ असार २०८२, शुक्रबार १४:०२

काठमाडौँ | ऐतिहासिक, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको प्रतीकको रुपमा रहेको वीरगञ्जको गहवामाईको रथयात्रा सम्पन्न भएको छ। गहवामाई मन्दिर पुनर्निर्माणको १६ औँ वार्षिकोत्सवको अवसरमा तेस्रो रथयात्रा गरिएको हो। विगतका बर्ष झैं यस बर्ष पनि रथ यात्रालाई निरन्तरता दिइएको आयोजक श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथयात्रा धार्मिक समन्वय समितिले जनाएको छ।

समितिका अध्यक्ष श्यामकुमार पोखरेलका अनुसार रथयात्रा मन्दिरबाट निस्केर घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको इदगाह चोक हुँदै वीरगंजको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो।

रथ यात्रासँगै छपन्न भोग, भजन-कीर्तन, महाप्रसाद र भव्य भन्डारा कार्यक्रम हुने उनले बताए। शुक्रबार ७ बजे बेलुकी ५६ भोग प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ भने शनिवार बिहान ६ बजेदेखि महाप्रसाद वितरण र साँझ ४ बजेदेखि भन्डाराको कार्यक्रम रहेको उनले जानकारी दिए। रथयात्रा भने निर्धारित समयभन्दा केही ढिलोगरी निस्केको भएपनि बाक्लो सुरक्षा व्यवस्थाका कारण अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ। रथ यात्रामा एक लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको समितिको दाबी छ।

भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा सहित नेपालको बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौँबाट समेत श्रद्धालुहरूको उल्लेखनिय सहभागिता रहेको समितिले जनाएको छ। रथ यात्राको अवसरमा वीरगञ्ज महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूमा आज सार्वजनिक बिदा घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह