काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ तिपेनीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ।
बागमती प्रदेश–३–०१–००५ ख ९९७६ नम्बरको यात्रुवाहक बसका दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्।
गम्भीर घाइते भएका बसका चालक महेश्वर ढकालसहितलाई मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका– ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योति, भोताङकी पेमा लामा, नोर्कि तामाङ, महेश्वर ढकाल चालक, विनायक ढकाल र धापका रामचन्द्र पौडेल छन्।