2026-11-02 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा सशस्त्र प्रहरीद्वारा तीन सय पच्पन्न जनाको स्वास्थ्य जाँच

भदौ २२, राजविराज। सप्तरीमा हालै आएको बाढी र पहिरोबाट प्रभावित जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१४ डलवामा सशस्त्र प्रहरीले एकदिने स्वास्थ्य शिविर तथा राहत वितरण गरेको छ । 

केन्द्रीय सशस्त्र प्रहरी महिला सङ्घ तथा क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला सङ्घले संयुक्तरुपमा राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

कार्यक्रममा डलवाका ३५५ जना बाढीपीडितको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादवले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरीका डा सन्तोष बजगाईं र सन्दीप क्षेत्रीको एक टोलीले स्वास्थ्य जाँच गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

यस्तै त्यहाँ रहेका २०० बाढीपीडित परिवारलाई राहतसमेत वितरण गरेको सो कार्यक्रममा सहभागी चन्दन यादवले जानकारी दिनुभयो । 

कार्यक्रममा पूर्वक्षेत्रीय प्रहरी बल नेपाल, मु्ख्यालय बराह वाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक जानकीराज भट्टराई, केन्द्रीय सशस्त्र प्रहरी महिला सङ्घका अध्यक्ष सरिता श्रेष्ठ, क्षेत्रीय प्र्रहरी महिला सङ्घकी अध्यक्ष बबिता भट्टराई र सप्तरी सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादव सहितको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द