भदौं २३ , उदयपुर । जिल्लामा कार्यरत सामाजिक कार्यकर्ताहरुलाई सुशासनमुखी अवधारणा बारे प्रष्ट पार्न र सो सम्बन्धी शिप प्रदान गर्न सूचनाको हक र सामाजिक परिक्षण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौं २३ , उदयपुर । जिल्लामा कार्यरत सामाजिक कार्यकर्ताहरुलाई सुशासनमुखी अवधारणा बारे प्रष्ट पार्न र सो सम्बन्धी शिप प्रदान गर्न सूचनाको हक र सामाजिक परिक्षण"/>

2026-11-02 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

सामाजिक कार्यकर्ताहरुलाई सूचनाको हक र सामाजिक परिक्षण तालिम


भदौं २३ , उदयपुर । जिल्लामा कार्यरत सामाजिक कार्यकर्ताहरुलाई सुशासनमुखी अवधारणा बारे प्रष्ट पार्न र सो सम्बन्धी शिप प्रदान गर्न सूचनाको हक र सामाजिक परिक्षण विषयमा तिन दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ ।

जाल्पा एकिकृत विकास समाज(जिड्स) उदयपुर, नेस्पेक उदयपुर र वल्र्डभिजन ईन्टरनेशनल नेपालको साझेदारी र सहयोगमा गत बुधबार देखि आयोजना गरिएको तालिममा स्थानिय २० जना सामाजिक कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको हो ।

सहभागीहरुलाई सूचनाको हक के हो, सूचनाको हक सम्बन्धी कानुनी प्रावधान र प्रयोगको विधिहरु बारे सूचनाको हकका लागि नागरिक संजालका संयोजक अजयकुमार साहले सहजीकरण गरेका थिए भने सामाजिक परिक्षणको अवधारणा र विधी बारे सहजकर्ता दुर्गानन्द चौधरीले सहजीकरण गरेका थिए ।

तालिमबाट सहभागीले सार्वजनिक निकायहरुबाट सूचना माग गर्ने विधि, सूचना माग निवेदन, उजुरी र पुनरावेदन सम्बन्धी प्रावधानहरु बारे अभ्यास समेत गरेकाछन् । त्यस्तै उनिहरुले सार्वजनिक निकायमा सूचना व्यवस्थापन गर्ने विधिहरु बारे समेत छलफल गरेकाछन् ।

जिल्लामा संघ संस्थाहरुले गर्ने क्रियाकलापहरुको सामाजिक परिक्षण गर्दै आईरहेकोमा त्यसमा रहेका त्रुटिहरु बारे जानकारी दिनुका साथै सामाजिक परिक्षणको विधिहरु बारे समेत सहभागीहरुले जानकारी लिएकाछन् । यस तालिमले हामीलाई अझ ऊर्जाशिल बनाएको तालिमका एक सहभागी युवराज राई बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द