भदौं २३ , उदयपुर । जिल्लामा कार्यरत सामाजिक कार्यकर्ताहरुलाई सुशासनमुखी अवधारणा बारे प्रष्ट पार्न र सो सम्बन्धी शिप प्रदान गर्न सूचनाको हक र सामाजिक परिक्षण"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौं २३ , उदयपुर । जिल्लामा कार्यरत सामाजिक कार्यकर्ताहरुलाई सुशासनमुखी अवधारणा बारे प्रष्ट पार्न र सो सम्बन्धी शिप प्रदान गर्न सूचनाको हक र सामाजिक परिक्षण"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

सामाजिक कार्यकर्ताहरुलाई सूचनाको हक र सामाजिक परिक्षण तालिम

२०७४, २३ भाद्र शुक्रबार ०६:२४


भदौं २३ , उदयपुर । जिल्लामा कार्यरत सामाजिक कार्यकर्ताहरुलाई सुशासनमुखी अवधारणा बारे प्रष्ट पार्न र सो सम्बन्धी शिप प्रदान गर्न सूचनाको हक र सामाजिक परिक्षण विषयमा तिन दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ ।

जाल्पा एकिकृत विकास समाज(जिड्स) उदयपुर, नेस्पेक उदयपुर र वल्र्डभिजन ईन्टरनेशनल नेपालको साझेदारी र सहयोगमा गत बुधबार देखि आयोजना गरिएको तालिममा स्थानिय २० जना सामाजिक कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको हो ।

सहभागीहरुलाई सूचनाको हक के हो, सूचनाको हक सम्बन्धी कानुनी प्रावधान र प्रयोगको विधिहरु बारे सूचनाको हकका लागि नागरिक संजालका संयोजक अजयकुमार साहले सहजीकरण गरेका थिए भने सामाजिक परिक्षणको अवधारणा र विधी बारे सहजकर्ता दुर्गानन्द चौधरीले सहजीकरण गरेका थिए ।

तालिमबाट सहभागीले सार्वजनिक निकायहरुबाट सूचना माग गर्ने विधि, सूचना माग निवेदन, उजुरी र पुनरावेदन सम्बन्धी प्रावधानहरु बारे अभ्यास समेत गरेकाछन् । त्यस्तै उनिहरुले सार्वजनिक निकायमा सूचना व्यवस्थापन गर्ने विधिहरु बारे समेत छलफल गरेकाछन् ।


जिल्लामा संघ संस्थाहरुले गर्ने क्रियाकलापहरुको सामाजिक परिक्षण गर्दै आईरहेकोमा त्यसमा रहेका त्रुटिहरु बारे जानकारी दिनुका साथै सामाजिक परिक्षणको विधिहरु बारे समेत सहभागीहरुले जानकारी लिएकाछन् । यस तालिमले हामीलाई अझ ऊर्जाशिल बनाएको तालिमका एक सहभागी युवराज राई बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो