२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लम्पी स्किनबाट झापामा १० हजार पशु सङ्क्रमित

२०८२, २६ असार बिहीबार १७:४३
काठमाडौँ । लम्पी स्किन रोगको सङ्क्रमणबाट एक वर्षभित्र यहाँ१० हजारभन्दा बढी गाईगोरु सङ्क्रमित भएका छन् । केही महिनायता संक्रमित १४२ गाईगोरु मरिसकेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको छ । हालसम्म रोग नियन्त्रणका लागि जिल्लामा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ ।
जिल्लामा सबैभन्दा बढी यो रोगको सङ्क्रमण मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकामा देखापरेको उहाँले बताउनुभयो । उहाँले गर्मी बढेसँगै लम्पी स्कीन रोगको सङ्क्रमण फैलिरहेको बताउनुभयो । “यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ”, उहाँले भन्नुभयो, “रोग नियन्त्रणका लागि किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौंँ ।” उहाँले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीबाट ७७ हजार पाँच सय वटा खोप जिल्लामा आएको बताउनुभयो ।
यो रोग लागेका गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा पानी बग्ने र पाक्ने गर्दछ । केन्द्रकी प्रमुख भट्टराईले विगतमा खोप लगाएका गाईगोरुमा सो समस्या नदेखिएको बताउनुभयो । उहाँको भनाई छ, “पहिल्यै खोप लगाएका गाईबस्तुमा रोग देखिएको छैन, नयाँ जन्मिएका बाछावाछी र बाहिरबाट खरिद गरेर ल्याइएका नयाँ गाईगोरुमा मात्र यसको जोखिम तीव्र मात्रामा देखिएको छ ।”
उहाँले चालू आर्थिक वर्ष २०८१ /  ८२ मा गाईभैँसीमा देखिने बाँझोपन निवारणका लागि जिल्लाका ७२ वटा फार्ममा पुगेर अवलोकन गरी एकीकृत शिविर सञ्चालन गरेको बताउनुभयो । यसैगरी सोही अवधिमा प्राकृतिक विपद्बाट पशुधनमा भएको क्षतिका १३ निवेदन आएको उहाँले बताउनुभयो । सोही निवेदनका आधारमा कार्यालयले रु छ हजारदेखि ७८ हजारसम्म राहत स्वरुप प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ