२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्साको दुग्धेश्वनाथ महादेव मन्दिरमा बिहानैदेखि दशनार्थीको भीड

३० असार २०८२, सोमबार १२:०५

काठमाडौँ | पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुुइँचो लागेको छ । आज साउन कृष्ण चतुर्थी भएकाले मन्दिरमा स्वदेशी र भारतीय दर्शनार्थीहरूको भीड लागेको छ ।

पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले दुग्धेश्वनाथ महादेव मन्दिर अर्थात् रामभौरी भाथा धाममा यही असार २७ गतेदेखि नै दशनार्थीहरूको सहभागी हुन थालेका जानकारी दिनुभयो ।

“रामभौरी भाथाधाम मधेश प्रदेशका सर्वसाधारण जनताको मात्रै नभएर छिमेकी मुलुक भारतको विहार राज्यका जनताको आस्था र धरोहरका रूपमा रहँदै आइरहेको छ,” उहाँले भन्नुभयो, “यहाँ सोमबार दर्शन गर्ने दशनार्थीको घुइँचो नै लाग्ने गर्छ ।”

अध्यक्ष चौधरीले साउन महिनाभरि चल्ने मेलाका लागि पालिकाले सडक, खानेपानी, शौचालयलगायतका अत्यावश्यक अस्थायी संरचना तयार पारिसकेको जानकारी दिनुभयो ।

“साउन महिनाभरि लाखौँ सङ्ख्यामा दशनार्थीहरू आउने गर्नुहुन्छ,” उहाँले भन्नुभयो, “हामीले स्थानीय प्रशासनसँगको समन्वयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाएका छौँ ।”

मेला समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले मन्दिरको दीर्घकालीन विकास र संरक्षणका लागि आवश्यक काम हुन नसकेको गुनासो गर्नुभयो । आज बिहानदेखि दर्शनार्थी महादेव भगवान्को दर्शन गर्न मन्दिर परिसरमा लामबद्ध भएको उहाँले बताउनुभयो ।

“भारतका विभिन्न राज्यबाट आइतबार बेलुका नै हजारौँ दर्शनार्थी मन्दिर प्राङ्गणमा आइसक्नुभएको छ । टाढा–टाढाका दर्शनार्थी अघिल्लो दिनमै आउने गर्नुहुन्छ । रातभर महादेवको आराधाना गरेर बिहानै जल चढाएर पूजापाठ गरेर जाने गर्नुहुन्छ,” उहाँले भन्नुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ ।

मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्याक्टर, मोटरसाइकलमा तथा केही व्यक्तिहरु पैदल हिँडेरै आउने गर्छन् । राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम पनि हुन्छ, त्यसैले बेलुका ७ बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ । अन्य याममा भने पूर्णतया यहाँ जान रोक लगाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने