३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अट्ठाइस जातका केराको परीक्षण गरिँदै

३१ असार २०८२, मंगलवार १३:२३
 पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ । रत्ननगर नगरपालिका–१३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा परीक्षण थालिएको हो ।
केन्द्रका सञ्चालक समृद्ध भन्तनाले १२ बिघा क्षेत्रफलमा केरा लगाएर जातीय परीक्षण तथा विभिन्न परिकारको परीक्षण सुरु गर्नुभएको हो । व्यावसायिक रुपमा जी–९ केरा लगाए पनि उहाँले जातीय परीक्षणका लागि विभिन्न जातका मालभोग, चिनी चम्पा, हाइब्रिड, जोगी केरा, मुग्रे, धुस्रे, मालुङ्गे, झप्री, मिर्कोटे, घीउकुमारीलगायत स्थानीय, स्वदेशी तथा विदेशी जातका केराको परीक्षण सुरु गर्नुभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ लगाइएका केराको आनुवंशिक विविधता अध्ययन भइरहेको छ ।”
यहाँका स्थानीय जातका केरामा पानामा रोगसँग लड्ने  क्षमता, सिवाटोवा, वन्चिटप जस्ता रोगसँग लड्ने क्षमताको अध्ययन गरिएको छ । विगत ३ वर्षदेखि केराको जातीय परीक्षण गर्दै आउनुभएका भन्तना हाल नतिजा कस्तो हुन्छ भन्नेमा ध्यान केन्द्रित गरिएको बताउनुहुन्छ । उहाँले केन्द्रमा आलुको चिप्स, सुकुटी, आलुको लिटो, पेयपदार्थ  (वाइन) लगायत उत्पादनको तयारीमा हुनुहुन्छ । वाइन र लिटोका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले सहयोग गरेको छ । रैथाने बालीबाट केकस्ता वस्तु उत्पादन गरेर विश्व बजारमा पु¥याउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिएको उहाँले बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट जैविक प्रविधि विषयमा स्नातकोत्तर गर्नुभएका भन्तना केराखेती गरेर विभिन्न किसिमका उत्पादन गर्न सकिने बताउनुहुन्छ । राज्यले कृषि क्षेत्रमा गरेको लगानीबाट प्रतिफल लिन सके युवापुस्ता विदेश पलायन हुनुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली