2026-07-07 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे”

‘आमाको हत्या भयो, बुवा जेल जाने भए,’ डीएसपी बस्यालले भने, ‘उनीहरुको ८ र ६ वर्षका दुई छोराछोरीको बिचल्ली हुने अवस्था सिर्जना भएको छ।’

काठमाडौँ | प्यूठानका एक युवकले आफू वैदेशिक रोजगारीमा रहँदा अर्कैसँग दोस्रो बिहे गरेर हिँडेकी पत्नीको हत्या गरेका छन्।

सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मिणी बरालको पूर्वपति ३२ वर्षीय लिलबहादुर बरालले मंगलबार चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ। हालका पतिकै घरमा गएर उनले पत्नीकाे हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालका अनुसार हत्या घटना लगत्तै बराल पक्राउ परेका छन्। लिलबहादुरको घर प्यूठानकै ऐरावती गाउँपालिका–२ कात्तिके हो।

रुक्मिणीका बराल तर्फका ८ वर्षका छोरा र ६ वर्षकी छोरी छन्। पति वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेको बेला गएको वैशाखमा उनले सरुमारानी गाउँपालिका–३ गोठेरीका दिपक परियारसँग भागी बिहे गरेकी थिइन्। परियारको यो पहिलो बिहे हो। ‘बराल यही असार २४ गते मात्रै घर फर्किएका रहेछन्,’ डीएसपी बस्यालले भने, ‘घर फर्किपछि आफूले घरमा बोलाउँदा पनि नआएको र सम्बन्ध बिच्छेद गर्न खोज्दा पनि नमानेपछि हत्या गरेको बयान बरालले दिएका छन्।’

‘यसअघि जेजस्तो भए पनि म बिर्सिन्छु। तँ घरमा आइनस् भने ससाना छोराछोरीको विजोग हुन्छ भनेर बोलाउँदा पनि आउन नमानेपछि हत्या गरेको हुँ,’ प्रहरीसँगको बयानमा बरालले भनेका छन्।

रुक्मिणीको हत्या हुँदा उनका हालका पति भने घरमा थिएनन्। ‘उनी कामको शिलशिलामा सोलुखुम्बु गएको बेला घटना भएको हो,’ डीएसपी बस्यालले भने। परियार १५ दिन अघि नै मिस्त्रीकाे काम गर्न साेलुखुम्बु गएका थिए।

मंगलबार बिहान जेठानी डिला परियारको घरमा गएको बेला त्यहीँ पुगेर बरालले रुक्मिणीकाे हत्या गरेका प्रहरीले जनाएको छ।

हत्याअघि लीलबहादुरले रुक्मिणीलाई फोन गरी बाहिर बोलाएका थिए। तर, उनी बाहिर निस्कन नमानेपछि घरभित्रै गएर उनले चक्कु प्रहार गरी हत्या गरेका प्रत्यक्षदर्शी डिला परियारले बताएकी छन्।

१० वर्षअघि रुक्मिणी र बरालको मागी बिहे भएको थियो। उनी डेढ वर्षअघि मात्रै इजरायल गएका थिए। गएको वैशाखमा आमाले घर छाडेर हिँडेपछि दुई छोराछोरीको रेखदेख हजुरबा हजुरआमाले गर्दै आएका थिए।

‘आमाको हत्या भयो, बुवा जेल जाने भए,’ डीएसपी बस्यालले भने, ‘उनीहरुको ८ र ६ वर्षका दुई छोराछोरीको बिचल्ली हुने अवस्था सिर्जना भएको छ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली