२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खेतका गरामा ‘हरेलो’ गाडेर साउने सङ्क्रान्ति मनाइँदै

२ श्रावण २०८२, बिहीबार १४:००
काठमाडौँ । आज साउन सङ्क्रान्तिको दिनलाई सुदूरपश्चिम प्रदेशमा ‘हरेली’ सङक्रान्ति पर्वका रूपमा मनाइँदै छ । मेलसहित विभिन्न प्रजातिका बोटविरुवाको ‘हरेलो’ (हरिया हाँगा अन्नबाली लगाइएका खेतका बीच भागमा गाड्ने) गाडेर यो पर्व मनाइँदै छ ।
हरेली सङ्क्रान्तिका दिन खेतमा गाडेको ‘हरेलो’ पलाएर आउँदा अन्न उत्पादन वृद्धि हुने जनविश्वास रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले जानकारी दिनुभयो । असार महिनाभरि कृषि कर्ममा लाग्ने किसान आजका दिन परिवारका सदस्य एवं आफन्तका साथमा एक ठाउँमा भेला भई रमाइलो गरी पर्व मनाउँछन् । सौर्य पद्धति अनुसार आज साउने सङ्क्रान्ति पनि भनिने हुनाले आजकै दिनदेखि दक्षिणायन आरम्भ हुन्छ ।
“प्रदेशमा आजको दिनलाई ‘लुतो फाल्ने’ दिनका रूपमा पनि लिइन्छ । असार महिनाभरि कृषि कर्ममा व्यस्त हुनुपर्ने किसानको शरिरमा लाग्ने हिलो मैलोबाट छालासम्बन्धी रोग निको पार्ने विश्वासका साथ आजको दिनलाई लुतो फाल्ने दिनका रूपमा मनाउने गरिएको हो”, जोशीले भन्नुभयो । उहाँका अनुसार लुतो फाल्दा आ–आफ्नो परम्पराअनुसार केही समय नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्नुपर्ने परम्परा छ ।
साउनलाई अध्यारो हुने महिनाका रूपमा लिइने भएकाले देवस्थल र देवभण्डारमा दियो वा बत्ती बालेर उज्यालो पारिन्छ । साउन महिनाभरि नवदुलहीले माइत बस्नुपर्ने प्रचलन पनि सुदूरपश्चिममा छ ।
साउन महिना र सोमबारलाई शिवजीको महिना र बार भन्ने धार्मिक मान्यता अनुसार यो महिनाभर देवालयलमा पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । महिलाले हरियो चुरा, माला र मेहदी लगाएर ब्रत बस्ने गर्छन् । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुशी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास रहेको उपकुलपति जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट