2026-09-11 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खेतका गरामा ‘हरेलो’ गाडेर साउने सङ्क्रान्ति मनाइँदै

2025-07-17
काठमाडौँ । आज साउन सङ्क्रान्तिको दिनलाई सुदूरपश्चिम प्रदेशमा ‘हरेली’ सङक्रान्ति पर्वका रूपमा मनाइँदै छ । मेलसहित विभिन्न प्रजातिका बोटविरुवाको ‘हरेलो’ (हरिया हाँगा अन्नबाली लगाइएका खेतका बीच भागमा गाड्ने) गाडेर यो पर्व मनाइँदै छ ।
हरेली सङ्क्रान्तिका दिन खेतमा गाडेको ‘हरेलो’ पलाएर आउँदा अन्न उत्पादन वृद्धि हुने जनविश्वास रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले जानकारी दिनुभयो । असार महिनाभरि कृषि कर्ममा लाग्ने किसान आजका दिन परिवारका सदस्य एवं आफन्तका साथमा एक ठाउँमा भेला भई रमाइलो गरी पर्व मनाउँछन् । सौर्य पद्धति अनुसार आज साउने सङ्क्रान्ति पनि भनिने हुनाले आजकै दिनदेखि दक्षिणायन आरम्भ हुन्छ ।
“प्रदेशमा आजको दिनलाई ‘लुतो फाल्ने’ दिनका रूपमा पनि लिइन्छ । असार महिनाभरि कृषि कर्ममा व्यस्त हुनुपर्ने किसानको शरिरमा लाग्ने हिलो मैलोबाट छालासम्बन्धी रोग निको पार्ने विश्वासका साथ आजको दिनलाई लुतो फाल्ने दिनका रूपमा मनाउने गरिएको हो”, जोशीले भन्नुभयो । उहाँका अनुसार लुतो फाल्दा आ–आफ्नो परम्पराअनुसार केही समय नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्नुपर्ने परम्परा छ ।
साउनलाई अध्यारो हुने महिनाका रूपमा लिइने भएकाले देवस्थल र देवभण्डारमा दियो वा बत्ती बालेर उज्यालो पारिन्छ । साउन महिनाभरि नवदुलहीले माइत बस्नुपर्ने प्रचलन पनि सुदूरपश्चिममा छ ।
साउन महिना र सोमबारलाई शिवजीको महिना र बार भन्ने धार्मिक मान्यता अनुसार यो महिनाभर देवालयलमा पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । महिलाले हरियो चुरा, माला र मेहदी लगाएर ब्रत बस्ने गर्छन् । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुशी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास रहेको उपकुलपति जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस