2026-11-02 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा हतियारसहित तीन युवक पक्राउ

भदौ २७, सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ स्थित जिरी हटियाबाट हतियारसहित तीन युवालाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा बस्ने २४ वर्षीय ईश्वर मुखिया, स्थानीयवासी १८ वर्षीय महेश मुखिया र २५ वर्षीय उपेन्द्र मुखिया रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा लुकाइछिपाई ल्याइएको एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको छ । अभियुक्तलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । 

यसैबीच आगामी असोज २ गते प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था एकदमै कडा पारिएको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताउनुभयो रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द