२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसका अन्तर्घाती त्रिविका उपकुलपति, अरू को-को हुन् ?

२०७४, २८ भाद्र बुधबार ०१:३६

भदौ २८, काठमाडौँ । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन्। 

कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो। कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 


रमेश रिजाल नेतृत्वको अनुशासन समितिले प्राप्त उजुरीमाथि छानबिन गर्दै अन्तर्घात आरोपीलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको हो। प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ का स्थानीय निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका दुई सय ५० जनामाथि समितिले छानबिन प्रक्रिया अघि बढाएको छ। अरू धेरैजसो नेता तथा कार्यकर्ता पेसेवर राजनीतिकर्मी भए पनि खनियाँ देशको सबैभन्दा ठूलो विश्वविद्यालयका नेतृत्वदायी प्राज्ञ हुन्। तर, उनीसमेत राजनीतिक कार्यकर्ता बनेका छन् र अझ पार्टीको अनुशासन नमानेको भनेर कठघरामा परेका छन्।

स्पष्टीकरण प्राप्त भएपछि अनुशासन समितिले थप अनुसन्धान गरेर दोषी रहेको भए कारबाहीको प्रक्रिया अघि बढाउनेछ। ‘पार्टीका उम्मेदवारहरूलाई हराउन सक्रिय रहेको भनी परेका उजुरीहरूमाथि छानबिन अघि बढाएका हौँ, आधिकारिक उम्मेदवारलाई हराउन सप्रमाण भेटिएपछि अनुशासन कारबाही हुन्छ,’ समिति सदस्य सुरेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने, ‘प्रमाण पुगेमा निलम्बन र निष्कासनसम्मका कारबाहीको प्रक्रिया अघि बढाउँछौँ।’ समिति बैठकले समितिको सचिव पदमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई नियुक्त गरेको छ।

‘पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन केन्द्रीय कार्यालयमा दुई सय ५० जनामाथि उजुरी परेको थियो,’ समितिका एक सदस्यले भने, ‘जिल्ला सभापति, सांसद, विश्वविद्यालयका उपकुलपतिमाथि परेका अन्तर्घात आरोपका उजुरीपछि छानबिनको प्रक्रिया अघि बढाएका हौँ।’

स्पष्टीकरण सोध्न सात दिन लाग्ने

जसका विरुद्ध उजुरी परेको हो, उनीहरूलाई स्पष्टीकरण सोध्न सात दिने लाग्ने भएको छ। उजुरी हेरेर पहिले जिल्ला सभापति, सांसदसहितका उच्च नेतालाई स्पष्टीकरण सोध्ने तयारी समितिले गरेको छ। ‘फाइल हेरेर स्पष्टीकरण सोध्न अझै एक साता लाग्छ,’ समिति सचिव केशव रिजालले भने, ‘पहिले जिल्ला सभापति, सांसद, पूर्वकेन्द्रीय सदस्यसहितका उच्च नेतालाई सोध्छौँ। उहाँहरूले पत्र प्राप्त गरेपछि सात दिनभित्र लिखित स्पष्टीकरण पठाइसक्नुपर्ने छ।’

कांग्रेसले २ असोजमा प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचनअघि अनुशासनको कारबाही अघि बढाएको सन्देश दिन खोजे पनि स्पष्टीकरण सोध्ने वेलासम्म निर्वाचन भइसक्ने देखिएको छ। कारबाही हुन सक्ने सन्देश दिन निर्वाचनको मुखमा प्रक्रिया अघि बढाए पनि प्रक्रियामा जानै ढिलाइ हुने देखिएको हो।

को–को हुन् अन्तर्घाती ?

-कांग्रेसमा अन्तर्घात गर्नेको सूचीमा बहालवाला जिल्ला सभापति, सांसद, पूर्वकेन्द्रीय सदस्यसम्म छन्। अनुशासन समितिको पहिलो बैठकले उनीहरूसहित सबैलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। त्यस्तै, उम्मेदवारलाई असहयोग गर्नेमाथि उजुरी दिन १० असोजसम्मको समय पनि दिएको छ।

-अहिलेसम्म छानबिन अघि बढाइएकोमा डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी, दैलेख जिल्ला सभापति कृष्ण बिसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही, रुकुमकी सांसद मिठु मल्ल छन्। उनीहरूमाथि जिल्लाभित्रका स्थानीय तहका कांग्रेसका उम्मेदवारलाई हराउन सक्रिय भएर लागेको उजुरी परेको हो।

-सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सभापति कर्णविरुद्ध अमरगढी नगरपालिकामा कांग्रेसलाई हराउन लागेको आरोप लागेको छ। त्यस्तै, नुवाकोटका सभापति केसीविरुद्ध विदुर नगरपालिकामा कांग्रेसलाई हराउन सक्रिय रहेको भन्दै उजुरी परेको हो।

-पूर्वकेन्द्रीय सदस्य जुम्लाका दीनबन्धु श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म छन्। पूर्वसांसद तीर्थ भुसाललाई पनि स्पष्टीकरण सोधिएको छ। भुसाललाई चितवनको माडी नगरपालिकामा कांग्रेस उम्मेदवारलाई हराउन सक्रियता देखाएको आरोप छ। कांग्रेस महासमिति सदस्य खनियाँलाई चितवनको एक नगरपालिकामा अन्तर्घात गरी कांग्रेस उम्मेदवारलाई हराउन लागेको आरोप छ। कैलालीका महासमिति सदस्य पदमराज भट्ट र लक्ष्मीराज पाठकविरुद्ध पनि उजुरी परेको छ। दैलेख जिल्ला अनुशासन समितिले जिल्ला सभापति र सचिवलाई कारबाही गरिसकेको भन्दै अनुमोदन गर्न केन्द्रमा पठाएको छ।

-गत संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले नेतृ सुजाता कोइरालालाई कारबाही गरेको थियो। तीन महिना निलम्बन गरेको केही समय भुक्तान भए पनि पछि पार्टीले बाँकी समय मिनाहा गरिएको थियो। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी