2026-09-13 06:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

दिदीबहिनीको टिकटकपछिको आत्महत्या: ‘मरेर गए नि नतोडिने बन्धन माया हो’ गीतमा जीवनको अन्त्य

काठमाडौँ | एउटै डोरीमा दुईजना पासो लगाउँदैछन् र सेल्फीमोडमा फोटो खिचेका छन् । र, त्यो फोटोलाई तत्काल टिकटक बनाएर उनीहरू अफलाइन हुन्छ । गीत थियो, ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’

बिहीबार बिहान ६ः४५ बजे १७ वर्षीया मेनुका र १५ वर्षीया सृजना कँडेल मृत फेला परे । भक्तपुरको बोडे, सिन्टिटार स्थितमा दुई तले घरको भुईँ तलामा बस्दै आएका यी दिदीबहिनीले आत्महत्यापूर्व आफ्नै मोबाइलबाट आत्महत्या तयारीका विभिन्न चरणका फोटो खिचेर टिकटक बनाएको पाइएको छ ।

मोबाइललाई सेल्फीमोडमा राखेर दुवैले एउटै डोरीको पासो लगाएको फोटोसहित भिडिओ हालेको केहीबेरमै उनीहरू अफलाइन भएका थियो । उक्त भिडिओमा राखिएको गीत छ- मरेर गए नि नतोडिने बन्धन माया हो ।’

प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा उक्त टिकटक भेटिएको थियो । घाँटीमा डोरीको पासो लगाउँदा उनीहरूको अनुहारमा कुनै पीडा देखिँदैन, सामान्य स्थितिमै फोटो पनि खिचेका छन् ।

उनीहरू सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का स्थानीयवासी हुन् । बाबुआमा रोजगारीका सिलसिलामा भारतमा छन् । काठमाडौंको कलंकीमा आन्टी बस्छिन् । प्रहरीले परिवारलाई खबर गरेपछि भारतबाट बाबुआमा नेपाल फर्किंदैछन् । मृतकहरूकी कान्छीआमा भर्खरै घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

शव बुझ्न बोडे पुगेकी कान्छीआमाले मृतकका बुबा भारतबाट काठमाडौं आउनका लागि जहाज चढिसकेको प्रहरीलाई बताएकी छन् । दिदीबहिनी भारतबाट भागेर नेपाल आएको उनले प्रहरीलाई भनिन् ।

दुई छोरी एकसाथ हराएपछि भारतमा विभिन्न मिडियाबाट मानिस हराएको सूचना गरिएको थियो । उनीहरू भागेर काठमाडौं आएका छन् भन्ने कुरा बिहान मृत अवस्थामा फेला परेपछि मात्रै थाहा भएको ती कान्छीआमाले प्रहरीलाई बताइन् । उनीहरूको साथमा मोबाइल भए पनि कहाँ, कसरी बसेको भन्नेबारे परिवारलाई केही नभनेको उनको भनाइ छ ।

आत्महत्याअघि फेसबुकमा बुबाको भारतमा चल्ने मोबाइल नम्बर हालेका थिए । त्यही आधारमा प्रहरीले उनीहरू मृत अवस्थामा फेला परेको खबर पहिला बुबालाई गरेको थियो । बुबाले कलंकीमा रहेकी आन्टीलाई तत्काल बोलाइदिन भनेका आधारमा उनी सम्पर्कमा आएकी हुन् ।

प्रहरीले उनीहरू मृत फेला पर्नासाथ पहिचान खुलाउने क्रममा मोबाइल हेरेको थियो । त्यसबाट आवश्यक सम्पर्क नम्बर पत्ता लागेपछि अहिले उक्त मोबाइल सिल गरेर राखिएको भक्तपुरका जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

भारत भाग्नुअघि उनीहरूले फेसबुकबाट सबै आफन्तलाई ब्लक गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले