२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

भाइ–बुहारीको झगडा छुटाउन गएका दाइकै ज्यान भाइले लिए

१० श्रावण २०८२, शुक्रबार ११:५२

काठमाडौँ | सिरहामा भाइ–बुहारी बिचको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या भएको छ । गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाको खुकुरी प्रहार गरी हत्या भएको हो ।

उनलाई आफ्नै भाइ २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

 

डिएसपी पासवानका अनुसार बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो । विवाद छुट्टाउन गएका दाइ मोतीराम सदालाई भाइ श्यामले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा राति सवा ११ बजेतिर मृत्यु भएको डिएसपी पासवानले बताए ।

खुकुरी प्रहार गरी फरार भएका भाइ श्यामलाई सिरहा प्रहरीले औरही गाउँपालिकास्थित सीमा क्षेत्रबाट आज बिहान पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै