2026-09-22 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमलेन्द्र निधिलाई गृहनगर जोगाउनै धौधौ

भदौ २९, धनुषा । नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन । 

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ। सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकक वितरण देखि अन्य भुमिकामा हावी भए पछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै विरोध गरेका थिए। 

तर निधिले पार्टीको दुई नम्बर भेलामा यस प्रदेशवाट काग्रेसले सय सिट जित्ने दावी गरेका थिए। चुनावी प्रचारका लागी धनुषामा रहदा दुई दिन अगाडी मात्र निधिले धनुषा सहित मधेशमा काग्रेसप्रति जनलहर चलेको दावी गरेका थिए। उनले मधेशवाट एमाले वढारिने दावी समेत गरे। तर नेता निधिको गृहनगर रहेको धनुषाको नगराईन नगरपालिकामा काग्रेस र एमाले विचमा मेयर पदका लागी कडा प्रतिस्पर्धा चलीरहेको छ।

स्थानिय धेरै जानकारहरुले यसपाली उक्त नगरको मेयरमा काग्रेस भन्दा पनि वढी एमालेले हत्याउन सक्ने आकंलन गर्छन। नगराईन बजारका पुराना चिया पसलले सविर अन्सारी काग्रेसको कार्यकर्ता भएको अन्न्पुर्णलाई बताए। वुधवार विहान अन्न्पुर्णसंग भेटेका सबिर आफु काग्र्रसी भए पनि याहा अहिले सम्मको प्रतिस्पर्धामा एमाले अगाडी रहेका दावी गरे।

धनुषा जिल्लाको दीक्षणी भेगमा रहेको यो नगरपालिका भारतीय नाका जटही संग जोडिएको छ। गएको दोस्रो संविधानसभाको निर्वाचन उक्त निर्वाचन क्षेत्रमा निधिलाई एमालेकी नेतृ जुली महासेठले कडा टक्कर दिएकी थिइन। १२ सय मतको अन्तरले मात्रै जितेका निधिले आफनो गृहनगरमा मेयर जिताउन सक्लान कि नसकिने हो भन्ने चर्चा नगराईन बजारको बहसको मुख्य मुद्धा अचेल बनेको छ।

यी हुन् विमलेन्द्र निधिका कमजोरी

दुर्गानन्द झा अस्पताल निर्माणमा अवरोध

विश्वासपात्रलाई पक्षपोषण

गृहमन्त्री भएका बेला राजनीतिपीडित भन्दै १८ आसेपासेलाई रकम

शक्तिमा आएपछि पूरा कांग्रेसीलाई उपेक्षा

स्थानिय एउटा प्राथमिक विद्यालयका शिक्षक महेन्द्र कापर भन्छन, यसपालीको स्थानिय तहको निर्वाचनमा निधि विरुद्धको मोर्चाबन्दी वलियो देखिएको छ। पार्टीहरु भित्र उम्मेदवार मनोयनमा देखिएको असन्तुष्टि संगै निधिले त्यस क्षेत्रमा काम गर्दा आफना मान्छेलाई मात्रै प्राथमिकतामा दिने गरेको गुनासा व्याप्त छन। 

त्यसको संगै निधिको शत्ति पार्टीमा वढे संगै उनले संस्थापन भनेर कोइराला समुहमा लागेका पुराना काग्रसीहरुलाई समेत उपेक्षा गरेका कारण अहिले निर्वाचनमा काग्रेस भन्दा एमाले हावी हुन पुगको स्थानियहरु तर्क गर्छन। निधि विरुद्धको त्याहा बनेको एमाले मोर्चाबन्दीमा दुर्गानन्द्य झालाई सहिद घोषणा पनि एमालेको सरकारले गरेको मुद्धा व्यापक चर्चाको रुपमा चलीरहेको छ।

ऋघिल्लो सरकारमा उनी गृहमन्त्री हुदा उक्त नगरपालिकाका आफना १८ जना नजिकका मानिसहरुलाई राजनितीक पिडित भनेर १ लाखको दरले सहयोग गरेको मुद्धाले समेत उनकै पार्टी भित्र ठुलो मतभेद सिर्जना गरिदिएको देखिन्छ। हालको नगराईन नगरपालिका निधिका बुबा महेन्द्र नारायण निधि देखि सहिद दुर्गानन्द झा सम्मका कारण काग्रेसीहरुका लागी प्रभाव क्षेत्रमा गनिन्थयो। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा