१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

राज्यमन्त्री पुनद्वारा सप्तरीको चन्द्रनहरलगायत अन्य सिँचाइ आयोजनाको निरीक्षण

२९ भाद्र २०७४, बिहीबार ०७:३१

भदौ २९, सप्तरी। सिँचाइ राज्यमन्त्री अमरसिँह पुनले साउनको अन्तिम सातामा आएको भीषण बाढी तथा वर्षाले नेपालकै पुरानो चन्द्र नहरलगायत अन्य सिँचाइ आयोजनामा भएको क्षतिको आज स्थलगत निरीक्षण गरी आवश्यक जानकारी लिनुभयो । 

उहाँले निरीक्षणपछि बाढीबाट क्षतिग्रस्त सिँचाइ आयोजनाको पुनः निर्माण, मर्मत र सिँचाइको व्यवस्था पुनः कायम गराउने सम्बन्धमा सिँचाइका प्राविधिक एवं विज्ञसँग छलफल गर्नुभयो । 

छलफलपश्चात् राज्यमन्त्री पुनले बाढीबाट क्षतिग्रस्त आयोजनाका प्रमुखलाई क्षतिको विवरण र निर्माणका लागि लाग्ने बजेटको सिँचाइ विभाग र मन्त्रालयमा लिखित पठाउन निर्देशन दिनुभयो । 

बाढीबाट कोशी पम्प चन्द्र व्यवस्थापन डिभिजनको रु ४८ करोड सात लाख खाँडो खोला आयोजनाको बाँध भत्किँदा रु तीन करोड तथा सिँचाइ विकास डिभिजनको लहर क्षतिग्रस्त हुँदा करिब रु ४० करोडको क्षति भएको बुझिएको छ । 

सप्तरीको साउनमा आएको अविरल बर्षा र बाढीका कारण मोहुली, जिता, बलान, बिहुल, खाँडौ र त्रियुगा नदीमा आएको बाढीले उक्त नहर क्षतिगस्त भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह