2026-07-26 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

राष्ट्रिय वाल दिवस प्यूठानमा पनि मनाइयो

स्मृती घर्ती मगर/भदौ २९, प्यूठान  । बालबालिका भविश्यको दरिलो खम्वा भएकाले तिनीहरुको शिक्षामा लगानी गरी बाल अधिकारको संरक्षण गर्नु पर्ने आज भएको एक कार्यक्रमका वक्ताहरु वताएका छन् ।

“बालमैत्री शासन बाल अधिकारको सम्मान” भन्ने मुल नारा सहित जिल्ला समन्वय समितीको सभाहल खलंगामा सम्पन्न भएको राष्ट्रिय बाल दिवस विशेष कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो कुरा वताएका हुन्। 

जिल्ला बाल सञ्जाल समिती प्यूठानका अध्यक्ष प्रेम विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि माननिय जिल्ला न्यायधिश बासुदेव न्याैपाने रहनु भएको थियो भने बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी डा कृष्ण घिमिरे रहनु भएको थियो।

राष्त्रिय गान संगै औपचारिक रुपमा सुरु भएको कार्यक्रममा महिला विकास अधिकृत माया श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो।

राष्त्रिय बाल दिवसको अवसरमा “बाल अधिकार प्राप्तिका लागि अविभावकको भुमिका” विषयक जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता पनी सम्पन्न भएको छ। जिल्लाका नौ वटै स्थानिय तहवाट उपस्थित ९ जना प्रतियोगी विध्यार्थीले आफ्ना गहकिला तर्क प्रस्तुत गरेका थिए।

जसमा प्रथम शारदा मावि मल्लरानी गाउँपालिका चौरपानीमा अध्ययनरत छात्र विजय आचार्य, द्वितिय मान्डवि मावि माण्डवि गाउँपालिका नयाँगाऊमा अध्ययनरत छात्रा मनिसा सुनार, तृतिय गंगा मावि नौवहिनी गाउँपालिका वाहानेमा अध्ययनरत छात्रा अस्मिता रिजाल र सान्त्वना बाल विध्या मावि प्यूठान नगरपालिका मरन्ठानामा अध्ययनरत छात्र वसन्त गिरी भएका छन्।

विजयी प्रतियोगीहरुलाई पुरस्कार स्वरुप प्रमुख अतिथी, विशेष अतिथी र कार्यक्रमको अध्यक्षको हातवाट स्टेसनरी सामाग्री र प्रमाण पत्र प्रदान गरिएको छ। त्यस्तै जिल्लामा बालबालिकाको हक हितको लागि उल्लेखिय भुमिका खेलेको भन्दै कालिका विकास केन्द्र विजुवार प्यूठानलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरुले बालबालिकाको पहिलो पाठशाला आफ्नो परिवार भएकोले बालबालिकाको भविश्य कस्तो वनाउने भन्ने कुरा आफ्नै घर परिवार बाट निर्धारित हुने वताएका थिए। त्यस्तै बालबालिकाको हक र अधिकार प्राप्तिको लागि विभिन्न निकायले आवाज उठाइ रहे पनी अझै ग्रामिण क्षेत्रका  बालबालिका विध्यालय पहुँज भन्दा ताढा रहेकाले उनिहरुको आधारभुत अधिकार स्थापितको लागि सवै सरकारी तथा गैरसरकारी संस्थाहरु हातेमालो गरी अगाडि बड्नु पर्ने धारणा ब्यक्त गरेका थिए।

कार्यक्रममा नमुना बाल समुह खलंगाले जनचेतना मुलक सडक नाटक समेट प्रस्तुत गरेको थियो। शेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन भएको कार्यक्रमको आयोजना जिल्ला बाल कल्याण समिति प्यूठान, महिला तथा बालबालिका केन्द्र प्यूठान र जिल्ला बाल सञ्जाल प्यूठानले गरेको हो।

बालबालिका अधिकृत यादव खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बाल सञ्जाल समिती प्यूठानका अध्यक्ष प्रेम विक, माननिय जिल्ला न्यायधिश बासुदेव न्याैपाने, प्रमुख जिल्ला अधिकारी डा कृष्ण घिमिरे, स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्याल, जिल्ला शिक्षा अधिकारी सुर्य प्रसाद भुसाल, नेपाल बार एशोसिशन प्यूठानका अध्यक्ष डा शिवराज पण्डित, पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर राना, गैरसरकारी महासंघ प्यूठानका अध्यक्ष ति एस गुरुङ, शिक्षक, विध्यार्थी, पत्रकार, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ