समीक्षामा आपूर्ति मन्त्रालय:

दसैँअगाडि बजार अनुगमन र मन्त्रालयमातहतका सरकारी कार्यालयमा सुधारका प्रयास गरेर आपूर्तिमन्त्री शिवकुमार मण्डल चर्चामा छन् । प्रभावकारी अनुगमनबाटै मूल्य र गुणस्तर नियन्त्रणको प्रयास भइरहेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... समीक्षामा आपूर्ति मन्त्रालय:

दसैँअगाडि बजार अनुगमन र मन्त्रालयमातहतका सरकारी कार्यालयमा सुधारका प्रयास गरेर आपूर्तिमन्त्री शिवकुमार मण्डल चर्चामा छन् । प्रभावकारी अनुगमनबाटै मूल्य र गुणस्तर नियन्त्रणको प्रयास भइरहेको "/>

२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजार अनुगमनमा रहेका आपूर्तिमन्त्रीमाथि नै अनुगमन !

३० भाद्र २०७४, शुक्रबार ०५:३६

समीक्षामा आपूर्ति मन्त्रालय:

दसैँअगाडि बजार अनुगमन र मन्त्रालयमातहतका सरकारी कार्यालयमा सुधारका प्रयास गरेर आपूर्तिमन्त्री शिवकुमार मण्डल चर्चामा छन् । प्रभावकारी अनुगमनबाटै मूल्य र गुणस्तर नियन्त्रणको प्रयास भइरहेको उनको भनाइ छ । पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरिएको जग्गामा आर्थिक अनियमितता भएको पाएपछि नेपाल आयल निगम प्रमुख गोपाल खड्कालाई कारबाही गर्नुपर्ने चुनौती बोकेका मन्त्री मण्डलसँग दसैँअगाडि मूल्य नियन्त्रण र गुणस्तरीय वस्तुको प्रवाह कायम राख्नु उत्तिकै चुनौतीपूर्ण छ ।

आपूर्तिमन्त्री मण्डलले के–के गरे ?
उपभोक्ता ऐन मन्त्रिपरिषदमा पेस

मन्त्री भएको साता दिनमै उनले उपभोक्ता संरक्षण ऐन, ०७४ को मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेका छन् । कैफियत भएका व्यवसायीलाई अनुगमनस्थलमै ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था मस्यौदामा गरिएको छ । ‘स्थलगत अनुगमनको व्यवस्थाले कारबाही तत्कालै देखिने गरी हुने अपेक्षा छ र कारबाही हुने भएपछि व्यवसायी पनि सचेत हुनेछन्,’ मन्त्री मण्डलले भने ।

दरबारमार्गका पसलमा अनुगमन

१९ भदौमा मन्त्री मण्डलको नेतृत्वमा राजधानीको प्रमुख व्यापारिक केन्द्र दरबारमार्गका ब्रान्डेड पसलमा अनुगमन भयो । त्यसक्रममा खरिदको तुलनामा बिक्री मूल्य अत्यधिक राख्ने स्टोर वान, ब्रेन्ट्ली, पुमा र नाइक ब्रान्डका सामान बिक्री गर्ने पसल बन्द गरिए । २१ भदौमा पुनः सोही क्षेत्रमा अनुगमन गर्दा रिबुक, बोसनी, लेभिज, एडिडासलगायतका पसलमा सिल गरियो । रिबुकको ७ हजार ६ सय १५ रुपैयाँमा खरिद गरेको जुत्ता उपभोक्तालाई १६ हजार ४ सय ९०, नाइकको ४ हजार ७ सयमा खरिद गरेको जुत्ता उपभोक्तालाई २६ हजार ९ सय ९०, नर्थ फेसको २६ सयमा खरिद गरेको जुत्ता उपभोक्तालाई २६ हजार रुपैयाँमा बिक्री गरेको भेटिएको थियो । २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने कानुनी व्यवस्थाविपरीत कारोबार गरेकाले कारबाही गर्ने मन्त्री मण्डलले बताएका छन् ।

सिमीको टेन्डरमा ढुंगा, बालुवा किन्नेलाई कारबाही

खाद्य संस्थानले दुई वर्षअघि टेन्डरमार्फत खरिद गरेको ७२० क्विन्टल सिमी खरिद गर्दा चार क्विन्टल ढुंगा र बालुवा मिसाइएको अनुगमनबाट मन्त्री मण्डलले पत्ता लगाएका छन् । गत ११ भदौ दिउँसो साढे ४ बजे उनले आकस्मिक रूपमा संस्थानमा अनुगमन गरेका थिए । सिमी खरिद प्रक्रियामा संलग्न पूर्वमहाप्रबन्धक डा.शिवहरि श्रेष्ठसँग यतिखेर बयान लिने काम भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा दोषी भेटिएको र थप अनुसन्धान गरी कारबाही गर्ने मन्त्री मण्डलको भनाइ छ ।

आयल निगम प्रमुख खड्कालाई कारबाही

मन्त्री मण्डलको सबैभन्दा ठूलो चुनौतीका रूपमा आयल निगमले पेट्रोलियम भण्डारणका लागि खरिद गरेको जग्गामा अनियमितता गर्ने प्रबनध निर्देशक गोपाल खड्कालाई कारबाही गर्नु थियो । तत्कालीन सचिव प्रेमकुमार राईले खड्कालाई कारबाही गर्न सहयोग नगरेपछि मन्त्रीले सचिव परिवर्तन गरे । र, नयाँ आएका सचिव कृष्णप्रसाद देवकोटाले मन्त्री मण्डलको निर्देशनबमोजिम आन्तरिक छानबिन गरी खड्कालाई कारबाही गर्न सिफारिस गरे । खड्कालाई कारबाही गर्ने सिफारिसपत्र मन्त्रिपरिषद्को २ असोजमा बस्ने बैठकमा पेस हुँदै छ । ‘दोषीलाई कारबाही गर्न म पछि हट्दिनँ,’ उनले भने ।

सुपथ पसल सञ्चालन

दसैँलाई लक्षित गरी खाद्य संस्थान, साल्ट टे«डिङ, दुग्ध विकास संस्थानको उपस्थितिमा राजधानीको कालिमाटी, टेकु, रामशाहपथ, थापाथली, जावलाखेल, सूर्यविनायकलगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । १६ असोजबाट छठसम्मका लागि सञ्चालनमा आएको पसलमा एक परिवारले चामल ३० किलो र नुन ६ किलो खरिद गर्न पाउँछन् । नुनमा २ र चामलमा ५ रुपैयाँ प्रतिकिलो छुट छ । खाद्य संस्थानको बासमती चामल र फापरमा १० रुपैयाँ प्रतिकिलो छुट छ । अन्य चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट छ । खसी, बोका र च्यांग्राको मूल्यमा १० रुपैयाँ छुट दिने तयारी छ । दुग्ध विकास संस्थानले घिउ र पनिरमा समान १० रुपैयाँ प्रतिकिलो छुट दिएको छ । २२ वटा घुम्ती सेवा दिएको र उपभोक्ताको माग बढेको खण्डमा थप सुपथ पसल सञ्चालन गर्ने मन्त्री मण्डलले जानकारी दिए ।

के गर्न सकेनन् ?
तरकारीको मूल्य नियन्त्रण गर्न सकेनन्

गत ११ भदौमा मन्त्री मण्डलले तरकारीको भाउ अकासिएकाले मूल्य घटाउन व्यवसायीलाई निर्देशन दिएका थिए । बैठकमा सहभागी फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद अधिकारीले तराईको बाढीपहिरो र कम उत्पादनका कारण मूल्य बढेको जानकारी दिएका थिए । उनले मूल्य घटाउनुको सट्टा सुपथ पसलमा प्याज र आलु सस्तो मूल्यमा राखिने बताए । तर, सुपथ पसलमा प्याज र आलु छैन ।

ग्यास बुलेटको समाधानमा ध्यान दिएनन्

हाल भारतीय व्यवसायीका बुलेटमा नेपालमा ग्यास आयात भइरहेको छ । वार्षिक साढे तीन अर्ब ग्यास ढुवानीमा खर्च हुन थालेपछि उद्योगी आफैँले नेपाली नम्बर प्लेटको बुलेट राख्न आयल निगमबाट दुई वर्षअघि अनुमति लिएका थिए । र, दुई वर्षभित्र सञ्चालन गरिसक्ने लक्ष्य राखेर आगामी कात्तिकसम्मका लागि भारतीय व्यवसायीसँग ढुवानी सम्झौता गरेका थिए । सो सम्झौता सकिन लाग्दा पनि नेपाली नम्बर बुलेट सञ्चालनको विषय अन्योलमा रहेको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । कात्तिकपछि भारतीय बुलेटबाट ग्यास ढुवानी नहुने र नेपाली बुलेट पनि सञ्चालनको वातावरण नबन्दा ग्यास आयात नभई अभाव हुन सक्ने उद्योगीले बताएका छन् । यही विषयलाई प्रचार गरेर दसैँमा ग्यासको अभाव गराउन उद्योगी लागेका छन्, तर आपूर्तिमन्त्री मण्डलले खासै चासो दिएका छ्रैनन् । ‘यो विषय र अधिकार क्षेत्रभित्रको कुरा हो,’ उनले भने, ‘त्यसैले उचित निर्णय लिन्छु ।’

मध्यमवर्गीयको सपिङ गन्तव्यमा ध्यान दिएनन्

मन्त्री मण्डलले ठूला व्यापारिक केन्द्रमा जोड दिएर चर्चा बटुलेका छन् । मध्यम र निम्नवर्गीयको रोजाइमा रहेको बजार अवस्था बुझेका छैनन् । भृकुटीमण्डप प्रांगणमा करिब १४ सय पसल मध्यमवर्गीय उपभोक्ताको सबैभन्दा पहिलो रोजाइको सपिङ गन्तव्य हो । त्यहाँ सबैभन्दा धेरै बार्गेनिङमा कपडा किन्न उपभोक्ता बाध्य छन् । ठूला सपिङमा पनि उत्तिकै भिड बढेको छ । यस्ता स्थानमा मन्त्रीको ध्यान गएको छैन । उनले ठूला र साना सबै क्षेत्रमा पुग्ने बताए । ‘साना पसलमा अनुगमन गरेको भए ठूलाकहाँ पुग्दैन भनेर आरोप खेपिन्थ्यो, आज ठूला व्यवसायीकहाँ अनुगमन गर्दा साना पसलमा किन नगएको भनेर सोध्ने काम भएको छ,’ उनले भने, ‘मेरो ध्यान ठूला–साना भन्ने होइन, सबैतिर जानेछ ।’

विकट जिल्लामा खाद्यान्न ढुवानी भएन

जाजरकोटवासीले दसैँमा चामल अभाव खेप्दै छन् । खाद्य संस्थानको चौखा, घोगी र घाटे डिपोमा चामल सकिएको छ । खलंगा डिपो रित्तिन लागेको छ । अन्य विकट जिल्लामा पनि खाद्यान्न आपूर्ति हुन सकेको छैन । तर, काठमाडौंको गोदाममा करिब ४० हजार क्विन्टल चामल मौज्दात राखिएको छ । देशभरका डिपोमा डेढ लाख क्विन्टल मौज्दात छ । सुगमका चामल दुर्गममा किन वितरण हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘पहाडी, हिमाली तथा विकट क्षेत्रमा तोकिएको कोटाअनुसार खाद्यान्न ढुवानी नभएकै देखिन्छ ।

तत्कालका दुई योजना

१) सात वर्षअघि तत्कालीन आपूर्तिमन्त्री लेखराज भट्टले रातो र नीलो ग्यास कार्ड वितरण गरी घरायसी र व्यावसायिक प्रयोजनको सिलिन्डर प्रचलनमा ल्याउने निर्णय गरेका थिए । तर, पछि सो योजना कार्यान्वयन भएन । मन्त्री मण्डल अहिले सोही योजना कार्यान्वयन गर्न लागेका छन् । ‘मैले रातो र नीलो सिलिन्डर प्रयोगमा ल्याउन कार्यविधि बनाउनु भनेर निर्देशन दिइसकेको छु, दुईथरी सिलिन्डरले अभाव र विकृति रोक्छ भन्ने लाग्छ,’ उनले भने ।

२) पेट्रोलियम पदार्थको मूल्य प्रत्येक १५ दिनमा समायोजन गर्नुपर्ने प्रावधान छ । तर, गत १७ साउनयता मूल्य समायोजन भएको छैन । मन्त्री मण्डलले आफ्नो कार्यकालभरि पेट्रोलियमको मूल्य बढ्न नदिने रणनीति लिएको बताए । ‘पेट्रोलियमको मूल्य घट्छ भनेर आस गर्नु ठीक होला, तर म तत्काल मूल्य बढ्न नदिने योजनाका साथ काम गरिरहेको छु,’ उनले भने । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन ‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ डिजेल र मट्टितेलको भाउ बढ्यो पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ? रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा