2026-09-14 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका संजय, जसले देशलाई विश्वमा चिनाए, अब संजयको नाममा प्रतिष्ठान गठन हुने

सागर शर्मा | भदौ ३०, प्यूठान | अल्ट्रा धावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको स्मृतिमा सञ्जय पण्डित स्मृति प्रतिष्ठान गठन गरिने भएको छ । जिल्लामा आज बसेको सर्वपक्षिय बैठकले प्रतिष्ठान गठन गर्नका लागि तदर्थ समिति गठन गरेको छ ।

 पत्रकार महासंघ प्यूठानका अध्यक्ष महावीर रानाको संयोजकत्वमा गठित समितिले स्व. पण्डितको स्मृतिमा विभिन्न कामहरु गर्ने उदेश्य लिएको छ । सञ्जयको नाममा सडकको नामाकरण, वार्षिक रुपमा रनिंगशिल्ड प्रतियोगिता सञ्चालन, पूर्ण कदको शालिक स्थापना, हिमाल आरोहणका क्रममा लागेको ऋण व्यवस्थापन गर्ने उदेश्यले प्रतिष्ठान गठन गर्न लागिएको संयोजक रानाले बताउनुभयो । 

बैठकमा सहभागी सांसद धन बहादुर रायमाझीले सञ्जय पण्डितले व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर देशलाई संसारभर चिनाएको बताउनुभयो । उहाँले सञ्जय पण्डितको योगदानलाई चिरस्थायी बनाउन केन्द्रमा पहल गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुले स्व.पण्डितले प्यूठान सहित सिंगो देशको नाम संसारभर फैलाएको भन्दै सञ्जयको योगदानका लागि सवै सकारात्मक भएको बताएका छन् । पण्डितको असार २ गते अमेरिककाको डेनाली हिमाल आरोहणका क्रममा हाई अल्टिच्युडका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ