२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इम्बोस्ड नम्बर प्लेटमा राष्ट्रिय झन्डाको दुरुपयोग

३१ भाद्र २०७४, शनिबार ०१:२५

भदौ ३१, काठमाडौं । सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको गलत प्रयोग भएको पाइएको छ । यसका साथै त्यसबाट देवनागरी लिपिमा लेखिने सरकारी कामकाजको नेपाली भाषालाई पनि विस्थापन गरिएको छ ।


सरकारले यही भदौ १ देखि सङ्केताङ्क चिह्न पाटी परिवर्तन थालेको छ । अब विद्युतीय सङ्केताङ्क चिह्न पाटी राख्दा राष्ट्रपतिको सवारी साधनबाहेक कुनैमा पनि नेपाली अङ्क र अक्षर रहने छैनन् । तिनको सट्टामा नेपाली राष्ट्रिय झन्डासहितका अरू विवरण अङ्ग्रजी भाषामा रोमन लिपिको एरियल बोल्ड लिप्य अक्षरमा मात्र हुनेछन् ।

सरकारले राष्ट्रिपतिको सवारी साधनमा राष्ट्रिय झन्डा नभनी ‘गौरवमयी नेपाली झन्डा’को प्रयोग गर्ने भएको छ । भाषाको हकमा भने राष्ट्रपतिको सवारी साधनमा मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र देवनागरी लिपिमा लेखिनेछ ।

यीलगायत परिवर्तन २०७४ साउन १५ गतेको खण्ड ६७ सङ्ख्या २० को राजपत्रमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सूचना प्रकाशन गरेको छ । संविधानले अञ्चललाई नचिनेको र प्रदेशलाई मान्यता दिएको अवस्थामा सूचनाले अञ्चलका आधारमा नै विद्युतीय सङ्केताङ्क चिह्न पाटी प्रदान गर्न गरेको व्यवस्था पनि संविधानविपरीत छ ।

त्यसैगरी, देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने संवैधानिक व्यवस्थाविपरीत देवनागरी लिपिको नेपाली भाषाको प्रयोग नै नगर्ने व्यवस्था पनि संविधानविपरीत छ ।

त्यस्तै संविधानले नेपालको राष्ट्रिय झन्डाका सम्बन्धमा गरेको नामकरणलाई समेत उपेक्षा गर्दै झन्डालाई अन्यथा नाम दिई प्रयोग भएको छ । राजपत्रमा प्रकाशित सूचनामा राष्ट्रिय झन्डाको उल्लेख नगरी ‘गौरवमयी नेपाली झन्डा’ भनिएको छ ।

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव एवम् अधिवक्ता सुनील पोखरेलले संविधानविपरीत हुने गरी भएका जुनसुकै काम पनि सुरुवातबाटै शून्य प्रभावी हुने बताए । उनले संवैधानिक व्यवस्थालाई कुनै पनि ऐन कानुन वा सन्धि सम्झौता समेतले उल्लङ्घन गर्न नसक्ने बताउँदै सरकारको सूचना त झनै झिनो हुने बताए ।

संविधानको धारा ८ र अनुसूची – १ ले नेपालको राष्ट्रिय झन्डाबारे विशेष व्यवस्था गरेका छन् । कतै पनि गौरवमयी नेपालको झन्डा उल्लेख पाइँदैन । अधिवक्ता पोखरेलले गौरवमयी झन्डालाई संविधानले नचिन्ने यस कार्यले नेपालको राष्ट्रिय झन्डाको पहिचानलाई सङ्कटमा पारेको बताए । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित हात्तीको आक्रमणबाट एक जनाको मृ-त्यु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू आजको मौसमः देशका केही भूभागमा वर्षाको सम्भावना खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत