९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नेपालीले याद राखौं, देखावटी मित्रले स्वाभिमान खाइदेला

२० आश्विन २०७२, बुधबार २१:००

Nepal img

प्रभात सुवेदी । बर्दिया । देश, काल अनि समय र पस्थिति सधैं एकैनासको हुँदैन भन्थे, साँच्चिकै हो रैछ । आज आएर सावित भएको छ । वास्तवमा नेपालको राजनीतिक इतिहास हेर्ने र अध्ययन गर्ने हो भने शताब्दी देखि नै बडो दयनिय र जर्जर स्थितिबाट गुज्रेकै रहेछ । यदि इतिहासको विश्वास गर्ने हो भने नेपालको शासक वर्गलाई रनभूल्लमा पारेर नेपाललाई कुम्ल्याउँने दाउ त दशकौं पहिलेदेखि नै भारतले गरेको प्रष्ट हुन्छ । तर, समयले केही युगपुरुषहरुको जन्म गरायो नेपालआमा धन्य छिन् जसका कारण आज हामी सबै नेपाली भनेर गर्वका साथ शिर ठाडो पारेर हिंड्न सबल भएका हौं । यदि कालु पाण्डे मात्र नहुँदाहुन् त एकिकरण संभव नै थिएन त्यस्तै जनतामा चेतना जागृत नहुँदो हो त, अझै सम्म पनि उही दासत्वको भूमरीमा नेपाल रुमल्लिरहने रहेछ ।

आज यो मुलुक बीऊ छरेर भर्खर अंकुरण भैरहेका बीजपत्रहरुको स्वाद लिनका लागि आउने चराहरु मार्नका लागि शिकारीद्वारा थापिएको जालोमा नराम्ररी फँसेको छ । अव यस जालोबाट उम्किनका लागि अरु केही नभएर इमान्दर मुसाको आवश्कता परेको अवस्था छ । यो इमान्दार मुसाको भूमिकामा को रहने हो ? यसको प्रभावकारी जिम्मेवारी कसले निर्वाह गरिदिने हो भन्ने कुरामा अव आम नेपालीहरुले गम्भिर भएर एक पटक सोच्नै पर्ने दिन आएको छ । फेरि मुसाको निहूँ बनाएर ठूला पेट भएका हात्ती हरु नआउलान् भन्न सकिँदैन । यति मात्र हैन भागवण्डा गरिदिने बहानामा बाँदरे प्रवृत्ती भएकाहरु आएर भएको स्वाभिमान पनि खाइदिने पो हुन् कि भन्ने डर छ ।

यस अवस्थामा पनि अझ हामीले भूपरिवेष्ठित मुलुक भन्दै बसेर पनि हुँदैन । अव आम नेपालीहरु स्वयं जाग्नु पर्ने वेला आएको छ । यसबाट पनि केही पाठ सिकेर भारतले लोभ गर्ने खालका गतिविधीका साथ प्रगतिहरु गर्नुपर्ने हुन्छ । यसका लागि अव देश विदेशमा भएका नेपालीहरुले साथ दिनु पर्ने हुन्छ । विदेशमा कमाएका ज्ञान तथा सिपहरुलाई मुलुकको विकास तथा समृद्धिका लागि खर्चिने बेला आएको छ । सधैं भरी कतिन्जेल मुख ताकेर बस्ने हो र ? यस्तो आशे बानी भयो भने नेपालको प्रगति शुन्य भयो भने, नेपाल, लगानी र उत्पादनको लागि यथोचित वातावरण बनेन भने भन्न सकिन्न कि अवको केही दशकमा नेपालको स्थिति के के हुने हो कुन्नी ? यो त अनुमान बाहरिको कुरा हो तर तीतो यथार्थ हो । भनिन्छ कि सत्य सधैं तीतो नै हुन्छ । नहोस् पनि कसरी ? कि आजसम्म हामीले एउटा सियोको लागि पनि अर्काको मुख ताकेर बसेका छौं । जडिवुटीको यति धेरै सम्भावना भएर पनि आयातित औषधिहरुमा भर परिरहेका छौं । यस्तो अवस्था कहिले सम्म । हो, एउटा सानो उदाहरण नै हेर्न सक्दछौं हामीले कि, छिकेकीको घरबाट कुनै सामान वा वस्तुको अभाव हुँदा ल्याउने गर्दछौं तर त्यो चिज हामी केही दिनमा तिर्छौं तर सधैं सधैं भने मागेर ल्याउन थाल्यौं भने छिमेकीले नै अर्का दिन देखि केही न केही बहाना बनाएर अघोषित नाकावन्दी गरिदिन्छन् । आज त्यही हालत भएको छ । खान, लाउन तथा अन्य उपभोग्य वस्तुहरुको चिन्ता भएन र हामीले त्यसको विकल्पहरुको खोजी पनि गरेनौं र गर्न पनि चाहेनौं फलस्वरुप आज यस्तो दूर्दशा भोग्नु परेको छ ।

भनिन्छ, कि सहज अवस्थामा कुनै पनि समस्या समस्या नै बन्दैनन् तर असहज अवस्थामा नै समस्याहरु समस्याका स्वरुपमा जन्मिन्छन् । जहाँ समस्या हुन्छ, त्यहाँ नै समाधान पनि हुन्छ । जतिवेला समस्या पर्दछ, ठिक त्यतिवेला नै समाधान खौज्नका लागि अनेकन् तौर तरीकाहरु अपनाउँदछ मान्छे । हामीलाई न कहिले समस्या थियो न त समस्याको विकल्प नै खोज्नका लागि उद्देत भयौं । यी दुवै कुराहरु हामीबाट कहिल्यै भएनन् । विगतका दिनहरुबाट पनि हामीले केही पनि पाठ सिक्न सकेनौं वा सिक्न नै खोजेनौं । बरु यसको साटोमा हाम्रो मित्रराष्ट्र, सदियौं देखिको पुरानो मित्रता, राम र सीताको सम्बन्ध भन्दै धार्मिक कहानीहरुका आधारमा सम्बन्धहरुको आँखा चिम्लेर चर्चा गरिरह्यौं । आज त्यसैको परिणाम भोग्दैछौं । कहिलेसम्म भोगिरहने छौं त्यो पनि निश्चित नै छैन । विस्तारै स्थिति जर्जरता तर्फ उन्मुख भएको अवस्था छ । विकल्प खोज्नु जरुरी छ त्यो पनि अस्थायी रुपमा नभएर स्थायी विकल्पहरु । आखिर एउटा असल मित्र भनाउँदो चरम शत्रु भएर पनि निस्किने रहेछ भन्ने कुराको गतिलो उदाहरण हो यो ।

यसरी अवको दिनमा विकल्प खोज्नुपर्दा विकल मात्र हैन कि विकल्पहरुको खोजी गर्नु जरुरी छ । अर्थात ती विकल्पहरु शिक्षा, स्वास्थ्य, रोजगार, अनुसन्धान, वैकल्पिक उर्जा, उद्योगको विस्तार, यातायात आदिमा तत्कालका लागि खोज्नु पर्ने भएको छ । यसबाट नेपालले एकोहोरो खेदो खन्नुनको साटो अव विकल्पहरुतिर लाग्नु वुद्धिमानी हुन्छ । किनकी अरुको बुद्धिले राजा हुनु भन्दा पनि आफ्नै बुद्धिको प्रयोग गरेर जोगी भएको नै वेश भन्ने चलन छ । यही भनाइलाई आत्मसात गर्दै अवको दिनमा समृद्ध नेपालको निर्माणका लागि यहाँका प्राकृतिक साधन र श्रोतको उचित प्रयोग गरेर विस्तारै विस्तारै हाम्रा आवश्यकताहरुलाई पुरा गर्नु पर्ने भएको छ । वर्तमान परिवेशमा मात्र “तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु” भनेजस्तै गरी भारतले नेपाललाई दुःख दिएर सताउन वा घुर्की लाउन खोजेको छ । कति नेपालीहरुको समृद्ध भारत निर्माणका लागि रगत र पसिना वगेको छ भन्ने कुरा भारतले पनि राम्ररी बुझ्न जरुरी छ । हैन भने भारतीय भूमिमा बगेको नेपालीहरुको रगत र पसिनाको श्राप लाग्ने निश्चित छ । बाहिर जति खोक्रो कुरा गरेपनि केही समय पहिला सम्म आम भएको भारतप्रतिको दृष्टिकोण आज आएर चक्रिय कोणका रुपमा परिणत भएको छ । ढिलो चाँडोको कुरा मात्र हो यसको परिणाम त भारतले आखिर भोग्नु नै पर्दछ ।

उपरोक्त कुराहरुलाई बुझेर अव नेपाल सरकारले देखावटी मित्रता कायम गर्ने वनावटी प्रयासलाई पनि जारी राख्दै मुलुकको हर क्षेत्रमा अव नयाँ सोच र योजनाका साथ लाग्नु पर्ने जरुरी छ । चोट दिने आफ्नाहरुले नै हो भनेजस्तै आवश्यक परेमा तेस्रो मुलुकबाट साधनस्रोत तथा प्रविधि भित्र्याएर पनि केही गरेर देखाउनु पर्ने चुनौती हाम्रा सामु आइपरको अवस्था छ । नेपालीले आम नेपालीलाई पाल्न सक्ने खुवी छ । प्राकृतिक क्षमता पनि नभएको हैन तर मात्र समस्या भनेको उर्जा नै हो । यसका लागि हाम्रो जस्तो मुलुकमा अव नवीकराणीय उर्जालाई महत्व दिँदै, सोलार तथा व्याट्रि प्रविधिका यातायातका साधनहरुको प्रयोग गर्नु पर्दछ । यसका लगि शिक्षामा पनि व्यापक परिवर्तन गरि बालबालिकाहरुलाई अब अनुसन्धानात्मक तथा यस प्रकारका समस्याहरुसँग जुध्दै नयाँ नयाँ प्रविधिहरुको विकास तथा प्रयोगका लागि उत्प्रेरित गर्नु पर्ने आवश्कता छ । यसका लागि युवा पुस्तारुलाइ प्रशिक्षित गर्नु पर्दछ ।

आज मंगल ग्रहमा पानी रहेको पुष्टि गर्न अहं भूमिका खेल्ले लुजेन्द्र ओझा जस्ता धेरै नेपाली वैज्ञानिकहरु आफ्नो श्रम र सिप अनि त्यो तीक्ष्ण बुद्धिलाइ नेपालमा वातावरण वनाएर प्रयोग गर्ने हो भने हामी आत्म निर्भर वन्न सक्दछौं । बाहिर मुखले ठिक्क पारेपनि भित्र भित्र लुकेर ताली बजाउनेहरुको पनि कमी रहेनछ यहाँ । उत्पादनमुखी र व्यवहारिक शिक्षा नै अबको आवश्कता हो भन्ने कुरा सिकाउन सकिएको खण्डमा मात्र हामीले अनेकन् आविश्कारहरु आफ्नै देशमा गर्न सक्ने थियौं जसका कारण यो मुलुक आत्म निर्भर भै समृद्धिको मार्गतर्फ उन्मुख हुने कुरामा आषावादी हुन सकिन्छ । अवको शिक्षाले नून तथा पेट्रोलियमका यस्ता विकल्पहरुको खोजी गर्नु पर्दछ कि हामीले ती कुराहरुबाट भोलिका दिनमा अन्य मुलुकहरुको ध्यान खिच्न सकौं किनकी जिवावषेश उर्जा त एक दिन पक्कै रित्तिएर जान्छ । कति दिनसम्म पो पुग्ने हो र ? तसर्थ अवका बालबालिकाहरुलाई यस्तो शिक्षाको संरचना तयार गर्नु पर्दछ कि उनीहरुमा सानैदेखि स्वाभिमानी भावनाको विकास होस् । अवका केही वर्ष सम्म वरु हामीले जस्तै दुःख परेपनि भोग्नका लागि तयार हुनै पर्दछ । तर, कल्पना भने गर्ने पर्दछ भोलिको सुन्दर भविष्यको ।

हामी एकातिर परनिर्भतारमा वर्षौंदेखि बाँच्दै आयौं । यो हाम्रो रहर नभएर बाद्यता पनि थियो । त्यसैमा रनभूल्ल बनेर हामीले अरुले बनाइदिएका र पठाएका प्रविधिहरुमा रमाउन थाल्यौं । खुब रमायौं पनि अझै पनि रमाइरहेका नै छौं । तर, हामीले सोचेनौ, सोच्नै सकेनौं वा सोच्नै चाहेनौं कि हामी कहिलेसम्म परनिर्भरतामा बाँच्ने हो ? तसर्थ अव स्वनिर्भरताको भावना विकास गर्नु पर्दछ । अवको शिक्षाले प्रत्येक नेपाली बालबालिकाहरुलाई स्वनिर्भर बनाउँदै, नेपाली भएकोमा आत्मगौरवको अुनभूति सँगाल्दै ऊनीहरुबाट नै समृद्ध मुलुकको विकास गर्न सकियोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै