2026-09-22 12:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब माओवादीले वैधानिक जनसरकार चलाउँछ: प्रचण्ड

असोज १, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा स्थानीय जनसरकार चलाएको माओवादीले अब वैधानिक रुपमै जनसरकार चलाउने घोषणा गरेका छन् ।

‘रुकुममा माओवादीले पहिला नै जनसरकार चलाएको हो। अब चिज हात परेको छ, रुकुम फेरि माओवादीको किल्लाको रुपमा स्थापित भएको छ ’, शनिबार पूर्वी रुकुमको रुकुमकोटमा आयोजित माओवादी जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘त्यसैले अब माओवादीले रुकुममा वैधानिक रुपमै जनसरकार चलाउँछ।’

रुकुमको पूर्वी क्षेत्र छुट्टै जिल्ला भएकोमा स्थानीयवासीलाई बधाई दिँदै प्रचण्डले रुकुमका सबै तहमा माओवादीले विजय भएको भन्दै खुशी व्यक्त गरे। ‘रुकुम जिल्लाका सबै तहमा माओवादीले विजयी हासिल गर्यो । यसमा तपाईहरुलाई बधाई छ’, प्रचण्डले भने, ‘यसको उन्माद चढ्यो भने चिप्लिन सकिन्छ, नचिप्लिइकन काम गर्न सबैलाई अनुरोध गर्दछौँ ।’

प्रचण्डले पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी भएको तर उन्मादका कारण दोस्रो संविधानसभाको चुनावमा तेस्रो पार्टी हुनुपरेको स्वीकार गरे। ‘हामी ०६४ सालको संविधान सभाको पहिलो चुनावमा पहिलो पाटी भयौँ अनि हामीमा उन्माद चढ्यो र दोस्रो चुनावमा चिप्लिएर तेस्रो पार्टी हुन पुग्यौँ’, प्रचण्डले भने ।

शनिबार मात्र महोत्तरीबाट रुकुम पुगेका प्रचण्डले मधेस पूरै माओवादीमय भएको र अबका सबै चुनावमा माओवादी पहिलो पार्टी हुने दाबी समेत गरे । ‘मधेस पूरै माओवादीमय छ । म आजमात्र महोत्तरीबाट आएँ’, प्रचण्डले भने, ‘अब आउने सबै निर्वाचनमा माओवादी पहिलो पार्टी हुन्छ ।’ -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा