2026-09-22 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका वडा अध्यक्ष उम्मेदवारको नागरिकता खारेज !

असोज १, काठमाडौँ । दोहोरो नागरिकता लिएका एमालेका तर्फबाट वडा अध्यक्षका उमेदवार जयराम कुनवरको नागरिकता खारेज गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले कुनवरले लिएको पछिल्लो पटकको नागरिकता खारेज गरेको हो ।

कुनवरले दुईवटा नागरिकता लिएको तथ्य फेला परेपछि पछिल्लो पटक लिएको नागरिकता खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए । ‘दुईवटा नागरिता लिएको उजुरी परेपछि हामीले बोलाएर बयान लियौं । उनले पनि गल्ती स्वीकारे ।’

मानन्धरले भने,‘पछिल्लो पटक लिएको नागरिकता हामीले भदौ २८ गते नै खारेज गरिदिएका छौं ।’ कुनवरले पछिल्लो पटक लिएको नागरिकताकै आधारमा उम्मेदवारी दिएकोले नागरिकता खारेजीपछि उनको उम्मेदवारीको बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अयोगले निर्णय लिने प्रमुख जिल्ला अधिकारी मानन्धरको भनाई छ ।

कुनवरले एमालेको तर्फबाट निजगढ नगरपालिकाको वडा नम्बर ४ मा अध्यक्ष पदका लागी उम्मेदवारी दिएका थिए । दावी बिरोधको दिन कुनवरले दोहोर नागरीकता लिएको उजुरी, काग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार सुनिल चौधरीले गरेका थिए । चौधरी र कुनवर मिल्ने साथी भएको बताइन्छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा