२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

नेपाल भारत सीमामा कडाइ

२०७४, १ आश्विन आईतवार ०७:४२

असोज १, सप्तरी। तेस्रो चरणअन्तर्गत सोमबार हुने प्रदेश नं २ अन्तर्गत सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र भारतका स्थानीय प्रशासनको संयुक्त बैठकले आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द गर्ने निर्णय गरेको छ । 

सप्तरी र बिहार सुपौल जिल्लाका पदाधिकारीको सो बैठकले सीमा क्षेत्रमा सवारीसाधन चल्न नदिने र जाँच कडा पार्ने निर्णय गरेको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताउनुभयो । 

त्यस्तै जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै सुरक्षा व्यवस्थापनअन्तर्गत सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षाकर्मीले संयुक्त रुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताउनुभयो । 

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्तदुरुस्त र सुदृढ बनाइएको छ । मतदातालाई ढुक्क भएर मतदानस्थलमा गई मतदान गर्न प्रजिअ पाण्डेले आग्रह गर्नुभयो । 

नेपाल भारतको हित हुने उद्देश्यले अति आवश्यक परेकालाई सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँच गरिसकेपछि मात्र जान दिन सकिने जिप्रका सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा