२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगम प्रमुख खड्काको अर्को झुट खुलासा

२ आश्विन २०७४, सोमबार ०१:३३

असोज २, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई समेत गुमराहमा राखेर झूटो बयान दिएको तथ्य फेला परेको छ । 

व्यवस्थापिका–संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी उपसमितिको प्रतिवेदनमा नागरिक दैनिकका प्रकाशक विनोदराज ज्ञवालीका पिताको भैरहवास्थित जग्गा नकिनेका कारण समाचार लेखेको झूठा बयान दिएर संसदलाई समेत गुमराहमा राख्ने काम गरेका छन् ।

निगम कार्यकारी निर्देशकले संसदलाई समेत गुमराहमा राख्ने गरी वयान दिएको देखियो,’ नेपाल रिपब्लिक मिडियाका कार्यकारी निर्देशक विनोदराज ज्ञवालीले आइतबार नागरिक्युजसँग भने, ‘भैरहवा जग्गा पास गरेको भोलिपल्टदेखि न्यूजले फलोअप गरेको देखियो । कारण के रहेछ भने त्यो १९ लाख वाला नागरिकका ज्ञवालीको बाउको रहेछ’ भन्नेजस्तो भ्रामक, अतिशयोक्तिपूर्ण, कपोलकल्पित र अपहेलनापूर्ण अभिव्यक्तिप्रति मेरो आपत्ति छ ।’

प्रतिशोध साँध्न खड्काले संसदलााई समेत ढाँटेको देखिएपछि सोबारे नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक ज्ञवालीले स्पष्ट पारेका हुन् ।

‘नागरिक दैनिकको प्रकाशक म विनोदराज ज्ञवाली, मेरा पिता हेमराज ज्ञवाली र मेरो परिवारको नाममा भैरहवामा जग्गाजमिन छैन,’ उनले भने, ‘नभएको जग्गा बेच्न खोजेको भनेर भ्रम पार्न खोज्नेमाथि थप छानबिन हुनुपर्छ ।’

सार्वजनिक निकायमा बस्ने पदाधिकारीले संसदमा आएर दिएको झूठो बयानका आधारमा अपहेलनाको कारवाही हुनुपर्ने माग समेत ज्ञवालीको छ । ‘म, मेरो परिवार र मेरो प्रकाशनको विश्वसनियतामा आँच आउने गरी संसदको समितिमा दिएको झूठो बयानका निम्ति कानुनी उपचारसमेत खोज्ने छु ।’

आयल निगमका कार्यकारी निर्देशक खड्का जग्गा खरिदमा भएको करिब १ अर्ब ६७ करोड रुपैयाँ अनियमिततामा मुछिएको प्रकरणबारे नागरिक दैनिकले खोजी सामग्री प्रकाशित गर्दै आएको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू आज साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित हात्तीको आक्रमणबाट एक जनाको मृ-त्यु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू आजको मौसमः देशका केही भूभागमा वर्षाको सम्भावना खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु