2026-09-22 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाताको घर–घरमै नयाँ नोट, टोलटोलमा भोजभतेर

असोज २, काठमाडौं । शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’ भित्र तराई-मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे ।

मतदानको अघिल्लो दिन असोज १ गते त दलहरूले विश्वकर्मा पूजाको बहानामा गाउँ, टोललाई भोजभतेर नै खुवाए । कतिपय उम्मेदवारले त मतदाताको घरघरमै नयाँ नोटको बिटो पनि पुर्‍याउन भ्याए । राष्ट्र बैंकले दसैंका अवसरमा साटेको करिब १६ अर्ब रुपैयाँमध्ये एक सय, पाँच सय र एक हजार दरका नयाँ नोट तराई-मधेसका मतदातालाई स्थानीय तहका उम्मेदवारमार्फत दिएको दाबी स्रोतले गरेको छ ।

मधेस स्वायत्त प्रदेश र आत्मनिर्णयको अधिकारको मुद्दा स्थापित गरौं भन्दै १३ महिने आन्दोलन र ७ महिने भारतीय नाकाबन्दी, संविधान निर्माणदेखि दोस्रो संशोधनसम्मको मुद्दालाई आन्दोलनकै रूपमा लिएर जनताबीच होमिएको राजपाले मौन अवधिको दुरुपयोग रोक्न भन्दै आइतबार राति खबरदारी अभियान नै सञ्चालन गर्‍यो ।

राजपा महासचिव मनीषकुमार सुमनले आइतबार रातभर ८ जिल्लाका १ सय ३६ स्थानीय तहमै ‘जाग्राम’ अभियानअन्तर्गत कार्यकर्ता परिचालन गरेको जानकारी दिए । उनले भने, ‘हाम्रो योजना प्रमुख तीन ठूला दल र सिंहदरबारमार्फत हुने चन्दा, पुरस्कार, उपहार र दान दक्षिणा रोक्नु हो ।’

जात, धर्म, संख्या हेरी ठूला दलले खसी, राँगा, कुखुरा, सुँगुर, बंगुरको मासुसमेत बाँडेको आरोप सुमनले लगाए । दूधको प्याकेटमा रक्सी भर्दै परिवारको संख्याअनुसार एकदेखि पांँच लिटर वितरण गरिएको जानकारी उनले दिए ।

संघीय समाजवादी फोरम नेपालका सांसद लालबाबु यादवले पर्सामा ठूला दलले मौन अवधिको दुरुपयोग गर्दा ठाउँठाउँमा निगरानी गर्नुपरेको बताए । आचारसंहिता पालना गराउने कुनै संयन्त्र नहुँदा चुनावमा ठूला दलले मतदातालाई भोजभतेर र रकम बाँडेको सयौं प्रमाण रहेको दाबी उनले गरे।

लोकतान्त्रिक फोरम नेपालका सांसद मोहम्मद मुस्ताक आलमले रौतहटमा प्रमुख तीन दलले मौन अवधिको रेकर्ड नै ब्रेक गरेको आरोप लगाए । प्रमुख तीन दलले जे-जसरी अन्य पार्टीका नेता-कार्यकर्तालाई स्थानीय तहको उम्मेदवारको टिकट दिँदै पार्टी प्रवेश गराए, त्यसैगरी मौन अवधिको दुरुपयोग गरेको आरोप उनले लगाए ।

जाँड रक्सी, सारी, कुर्ता, माछा, मासु दान दक्षिणा आदानप्रदान सामान्य रहेको उनले बताए । माओवादी केन्द्रका सचिवालय सदस्य एवं सहरी विकासमन्त्री स्वयं मौन अवधिलाई विकृतिका रूपमा परिणत गर्न लागिरहेको आरोप उनको थियो । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय