२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना: के छ मोदीको सन्देशमा ?

३ आश्विन २०७४, मंगलवार ०१:२६

असोज ३, काठमाडौँ । भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । 

संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान दिवसमा शुभकामना दिएको हो । पहिलोपटक भारतीय नेतृत्वले शुभकामना दिएर नेपाल नीति बदलेको सन्देश दिएको छ ।

भारतले संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाउँदा नेपालमा अन्तर्राष्ट्रिय समुदाय विभाजित भएको थियो । ३ असोज २०७२ मा संविधान जारी हुनु दुई दिनअघि भारतीय प्रधानमन्त्री मोदीले विदेशसचिव एस जयशंकरलाई विशेष दूतका रूपमा नेपाल पठाएर संविधान स्थगित गर्न दबाब दिएका थिए । भारतको दबाब अस्वीकार गरी प्रमुख दल कांग्रेस, एमाले र माओवादीको सहमतिमा संविधान जारी भएको थियो ।

भारतको सन्देश ‘अर्थपूर्ण’

भारतको शुभकामना सन्देशलाई नेपाल सरकारले अर्थपूर्ण रूपमा लिएको छ । ‘संविधान दिवसका अवसरमा मित्रराष्ट्र भारतका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीज्यूबाट आएको शुभकामना सन्देशले ठूलो अर्थ राखेको छ, यसलाई हामीले महत्वपूर्ण मानेका छौँ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले नयाँ पत्रिकासँग भने, ‘दुई देशबीच समझदारी बढिरहेको अर्थमा यसलाई बुझ्नुपर्छ ।’

अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक मामिला जानकार गेजा शर्मा वाग्लेले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशलाई संविधानसभामार्फत नेपालले जारी गरेको संविधानको अनुमोदन र स्वागत गरेको अर्थमा बुझ्नुपर्ने बताए । ‘यसरी स्वागत गरेपछि संविधान जारीसँगै नेपाल र भारतबीच रहेको अविश्वासको मात्र अन्त्य भएको छैन, विकास, स्थिरता र शान्तिका लागि भारतले दिएको शुभकामनाले नेपाल–भारत सम्बन्ध पनि थप प्रगाढ र घनिष्ठ भएको छ,’ वाग्लेले भने ।

मोदीको सन्देशमा के छ ?

भारतका प्रधानमन्त्री मोदीले समकक्षी देउवालाई पठाएको सन्देशमा शान्ति, स्थायित्व र विकासको राष्ट्रिय प्रयास प्राप्त गर्ने नेपाली जनताको चाहनालाई समर्थन गर्न भारत दृढ रहेको उल्लेख छ । उनले दुई देशबीच जनस्तरको सम्बन्धद्वारा निर्देशित मित्रता रहेको पनि जनाएका छन् । मोदीले प्रधानमन्त्री देउवाको पछिल्लो भारत भ्रमणले दुई देशबीच सम्बन्ध थप मजबुत भएको तथा बहुआयामिक द्विपक्षीय साझेदारी थप मजबुत पारेको उल्लेख गरेका छन् ।

‘निकटको छिमेकी र मित्रका रूपमा भारत नेपाल सरकार र नेपाली जनताको शान्ति, स्थायित्व र विकास प्राप्तिको राष्ट्रिय प्रयासमा सहयोग गर्न दृढ रहेको म उल्लेख गर्न चाहन्छु,’ मोदीको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय राष्ट्रपति कोविन्दले सन्देशमा नेपाल–भारत सम्बन्ध पुरानो, अद्वितीय र बहुआयामिक रहेको भन्दै आपसी लाभका लागि नयाँ र विविध क्षेत्रमा द्विपक्षीय साझेदारी वृद्धि भएको पनि उल्लेख गरेका छन् । ‘भारत नेपाली जनता र नेपाल सरकारसँग मिलेर दुई देशका जनताको हित प्रवद्र्धन तथा मित्रवत् र निकट सम्बन्ध अभिवृद्धिका लागि काम गर्न प्रतिबद्ध छ,’ राष्ट्रपति कोविन्दले भनेका छन् ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको बेग्लै सन्देश

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछियाङले नेपाली समकक्षीहरूलाई बेग्लाबेग्लै सन्देश पठाएर शुभकामना दिएका छन् । ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशमा नेपाल–चीन सम्बन्धको विकासक्रम र दुई देशबीच विभिन्न क्षेत्रमा गहिरिएको साझेदारीसहितको निरन्तरतालाई उच्च महत्व दिइएको उल्लेख छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, जापानका सम्राट् अकिहितोले राष्ट्रपति भण्डारीलाई पठाएको सन्देशमा नेपाली जनता र सरकारलाई बधाई दिइएको छ । उनले नेपाली जनताको समुन्नति र खुसीका लागि सन्देशमा शुभकामना व्यक्त गरेको पनि परराष्ट्रले जनाएको छ ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गैयुमले शुभकामना पठाउँदै दुई देशबीचको बलियो सम्बन्धले नेपाली जनता र समग्र सार्क क्षेत्र लाभान्वित हुने उल्लेख गरेका छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता? इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू आज साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित हात्तीको आक्रमणबाट एक जनाको मृ-त्यु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू आजको मौसमः देशका केही भूभागमा वर्षाको सम्भावना खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री