२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज संविधान दिवस: कहिले बनिसक्लान् कानुन ?

२०७४, ३ आश्विन मंगलवार ०१:३८

असोज ३, काठमाडौँ । संविधानसभाद्वारा संविधान जारी भएको मंगलबार दुई वर्ष पुगेको छ । 

तर सत्ता प्राप्तिको खेल र तीन तहको चुनावमा ज्यादा समय खर्चिंदा संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माणमा भने ढिलाइ भएको छ । यो संविधानको मौलिक हकअन्तर्गतका २५ प्रावधान कानुन बनेपछि मात्र कार्यान्वयन तहमा जान्छन् । त्यसबाहेक विभिन्न जाति, क्षेत्र र समुदाय विशेषलाई सम्बोधन हुने कानुन बनाउनुपर्ने दायित्व पनि छ । दुई वर्षका बीचमा तीन पटक सरकार फेरबदल भए । २०७२ असोज ३ मा संविधान जारी भएलगत्तै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको थियो । ओली सरकारले एक वर्षलाई संविधान कार्यान्वयन वर्षका रूपमा घोषणा गरेको थियो । 

कानुन मन्त्रालयलाई सोहीअनुसार संविधानअन्तर्गत बन्नुपर्ने कानुन बनाउने प्रमुख जिम्मेवारी तोकेको थियो ।

संविधानअन्तर्गतका अधिकांश मौलिक हक कानुन नबनी कार्यान्वयन हुन सक्दैनन् । संसद्बाट कानुन बनाउन ढिलो होला भनी संविधानमै तीन वर्षको अवधि तोकिएको छ । संविधानको धारा ४७ मा ‘मौलिक हकको कार्यान्वयन’ शीर्षकमा भनिएको छ, ‘यस भागद्वारा प्रदत्त हकहरूका कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नेछ ।’ संविधान कार्यान्वयनका लागि एक सय ३८ विषयमा कानुन बनाउनुपर्छ । तर, दुई वर्षको बीचमा संविधान कार्यान्वयनसँग जोडिएका कानुन मस्यौदा गर्ने काम सुस्त देखिएको छ । गएको एक वर्ष अवधिमा कम्तीमा ४० विषयका कानुन मस्यौदा गरिसक्ने लक्ष्य राखिएकामा कानुन मन्त्रालयबाट जम्माजम्मी एक दर्जन कानुनमात्र मस्यौदा भएका छन् ।

पहिलो वर्ष भने ३६ विधेयक तयार भएका थिए । त्यस्तै विभिन्न ३८ विधेयकका लागि कानुन मन्त्रालयले विभिन्न मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो । तत्कालीन कानुन मन्त्री अग्नि खरेलले समयतालिका र मन्त्रालयगत विवरण तयार गरी कानुन निर्माणको काम सुरु गरेका थिए । उक्त कार्यतालिकालाई व्यवस्थापिका संसद्ले समेत पारित गरेको थियो । ९ महिनामा ओली सरकार ढल्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेससहितको नयाँ गठबन्धनको सरकार बन्यो । उक्त सरकारमा माओवादी केन्द्रका सांसद अजयशंकर नायक कानुन मन्त्री बने ।

नायकको कार्यकालमा कानुन निर्माणभन्दा बढी न्यायाधीश नियुक्तिको विषयले चर्चा पायो । उनले कार्यतालिकाअनुसार विधेयक मस्यौदाको कामलाई अघि बढाउन सकेनन् । ‘मस्यौदामा ढिलाइ देखिएपछि हामीले कि कानुन मन्त्रालयले नै संयोजन गर्ने गरी काम थालौं । कि प्रधानमन्त्री कार्यालयले संयोजन गरोस् भनी प्रस्ताव राख्यौं,’ त्यतिबेलाका मन्त्री नायकलाई दिएको सुझाव उल्लेख गर्दै मन्त्रालयका एक सहसचिवले भने, ‘दुवै प्रस्तावको सुनुवाइ भएन । त्यतिबेलैदेखि मस्यौदाको काम सुस्त बनेको छ ।’

सरकार र प्रमुख दलहरूले पनि कानुन मस्यौदाभन्दा संविधानअनुसार हुनुपर्ने विभिन्न चरणको चुनावलाई पहिलो प्राथमिकता दिएका छन् । माघ ७ भित्र संघ, प्रदेश र स्थानीय तहको चुनाव गरिसक्ने तयारीमा सरकार लागेको छ । गत जेठमा गठित कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि चुनावलाई नै प्राथमिकता दिएको छ । कानुन मन्त्री यज्ञबहादुर थापा र अघिल्ला मन्त्री नायक दुवै कानुनी पृष्ठभूमिका होइनन् । दुवै सरकार गठन हँ‘दा कानुन मन्त्रालयको जिम्मेवारी सम्बन्धित विषय विज्ञ सांसदलाई दिनुपर्छ भनी आवाज उठेको थियो । तर, समीकरणको दलगत भागबन्डाका कारण मन्त्रालयले विषयगत मन्त्री पाएन ।

त्यसले पनि मस्यौदाको काम प्रभावित बनाएको टिप्पणी माओवादी केन्द्रका सांसद रामनारायण बिडारीको छ । ‘मन्त्रालयको प्रभावकारिता कुन पृष्ठभूमिका मन्त्री पुगेका छन् भन्नेमा धेरै भर पर्छ । कानुन बुझेकै व्यक्तिले नेतृत्व गर्दा मस्यौदाले गति पाउँथ्यो ।

त्यस्ता मन्त्रीले कानुनको मर्म राम्रोसँग बुझ्न सक्छ र क्याबिनेटमा निरन्तर फलोअपसमेत गर्न सक्छ,’ सांसद बिडारी भन्छन् । नयाँ बन्नुपर्ने कानुनमध्ये १ सय १० वटा संघसम्बन्धी छन् । २२ वटा प्रदेश कानुन र ६ वटा स्थानीय तहसम्बन्धी छन् । कानुन नबनी संविधान नै कार्यान्वयन नहुने भएकाले यो विषयलाई प्रधानमन्त्रीले नै प्रमुख प्राथमिकतामा दिनुपर्ने कानुन मन्त्रालयका अधिकारी बताउँछन् । बाँकी एक वर्षमा मौलिक हकअन्तर्गतका कानुन बन्न नसके संविधान नै संशोधन गर्न‘पर्ने बाध्यता दलहरूलाई पर्नेछ । -कान्तिपुर दैनिक 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ