असोज ३, बाँके । नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । 

नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३, बाँके । नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । 

नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाल"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम

३ आश्विन २०७४, मंगलवार ०५:०१


असोज ३, बाँके । नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । 

नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ ।

उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको छ । कर्णालीमा उडान भर्ने जहाजभन्दा नेपालगञ्ज–काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ । 

नेपालगञ्ज विमानस्थल हुँदै काठमाडौंका लागि बुद्ध एयरका तीन, यतिका तीन, सौर्य र श्री एयरका दुई÷दुई उडान दैनिक हुने गरेका छन् । 

कर्णालीका लागि तारा, सीता, यति, सिम्रिक, काष्ठमण्डपका सात जहाजले दैनिक उडान भर्दै आएका छन् । मानसरोवर यात्रीका कारण पनि हुम्लाको सिमीकोटका लागि उडान बढेका छन् । 

ठूला दुई जहाज अटाउने क्षमताको विमानस्थलको पार्किङस्थल छ । एकैपटक दैनिक उडान भर्ने वुद्ध, यति, सौर्य र श्रीएयर होल्डमा भएर पार्किङसमेत समस्या उत्पन्न भएको विमानस्थल कार्यालय प्रमुख प्रतापबाबु तिवारीले बताए । 

साना ट्वीन अटर सातवटासम्म जहाजको क्षमता विमानस्थलमा रहेको छ । एयर ट्राफिक जाम हुन नदिन विमानस्थलले काठमाडौँबाट उडान तालिका आधा घण्टाको फरकमा राखेको छ, तर मौसम प्रतिकूल र होल्ड हुनुपर्ने अवस्थामा समस्या हुने गरेको छ । 

पछिल्लो समयमा नयाँ जहाज थपिएको र पर्यटक बढेपछि उडानको संख्यामा वृद्धि भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह