२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलको बजेट कार्यान्वयनमा जोड

३ आश्विन २०७४, मंगलवार ११:४०

असोज ३, बुटवल।तिलोत्तमा नगरपालिकाले नगर कार्यपालिका बैठकले विनियोजन गरेका सबै विकास योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउन थालेको छ । 

नगरपालिकाले कार्यपालिका बैठकले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि पुस मसान्तसम्ममा प्रक्रिया अघि नबढाएमा विनियोजन बजेट रकमान्तर गर्ने निर्णय गरेको छ । 

तिलोत्तमा नगरपालिकाको गत साउन ३१ गते भएको प्रथम नगरसभा बैठकले नगरभित्र विभिन्न महत्वपूर्ण विकास योजनासहित करिब रु एक अर्ब ६३ लाखको बजेट निर्माण गरेको थियो । बैठकले नगरपालिकाभित्र बसपार्क निर्माण गर्ने, विभिन्न क्षेत्रका सडक निर्माण, शंकरनगर वनवाटिकामा भ्यू टावर निर्माणलगायतका योजना अगाडि सारेको छ । 

“किसान लक्षित कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ,” नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भन्नुभयो । नगरपालिकाले विभिन्न विषयगत समितिलाई पूर्णता समेत दिएको छ । यसअघि संयोजक तोकिएका विषयगत समितिलाई नगर कार्यपालिकाको बैठकले पूर्णता दिएको हो । 

नगर प्रमुख वासुदेव घिमिरेको अध्यक्षतामा कार्यपालिका बैठक बसेको थियो । कार्यपालिकाको बैठकले नगरपालिकाको कानूनी सल्लाहकारमा खुमाकान्त पौडेल तथा प्रेस सल्लाहकारमा बिपी गौतमलाई चयन गरेको छ । बैठकले नगरपालिकाको वडा नं ३ तथा ४, ८ र ११ का वडा कार्यालय यसअघि सञ्चालन भएका ठाउँबाट अलग गरी छुट्टै सञ्चालन गर्ने निर्णय गरेको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता? इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू आज साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित हात्तीको आक्रमणबाट एक जनाको मृ-त्यु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू आजको मौसमः देशका केही भूभागमा वर्षाको सम्भावना खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख