Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रदेश २ को प्रारम्भिक मतपरिणामः के भन्छन् प्रतिष्पर्धी दलका नेता ?

By kit 3 मिनेट पढाइ

असोज ४, काठमाडौं । प्रदेश २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहेको छ ।

मतपरिणाम सार्वजनिक भइरहँदा निर्वाचनमा सहभागी दलहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कसैले सन्तोष व्यक्त गरेका छन् भने कसैले मनी र मसलको बलमा चुनाव भएकाले परिणाम प्रभावित भएको आरोप लगाएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रदेश नम्बर २ को आठ जिल्लामा समग्र जनमतका हिसाबले धेरैअघिदेखि एमाले अघि बढेको र घेराबन्दीकै बीच एमाले प्रदेश २ को मुख्य शक्ति बनेको बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले टिकट वितरणमा सही निर्णय गरिएको भए पार्टीले अझै बढी सिट जित्न सक्ने बताए । उनले भने – तराई मधेसका जनता अल्मल्याउने कुरासँग सहमत छैनन्, स्थिरिता चाहन्छन् भन्ने विषय सिद्ध भएको छ । हामीले टिकट वितरणलाई राम्रो बनाउन सकेनौं यस्तो हुँदाहुँदै पनि साथीहरुले भोट दिएका छन् ।’

माओवादी नेता मातृका यादवले माओवादीका लागि प्रारम्भिक नतिजा सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले प्रारम्भिक मतपरिणाम बाहिर आएको र अन्तिमसम्म परिणाम उल्टो आउन सक्ने बताए । उनले मनी र मसलको बलमा चुनाव भएकाले मत प्रभावित भएको दाबी गरे । -नयाँ पत्रिका दैनिक