असोज ४, काठमाडौँ । रौतहटको बृन्दावन नगरपालिकाको मत गणना स्थलमा झडप भएको छ ।

स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको सो नगरपालिकाका कार्यकारी अधिकृत उदय देवकोटाले बताए । एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए । धाँधली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् ।

मतगणनास्थलको अवस्था तनावग्रस्त र मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए । झडप एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको स्थानीयले बताएका छन् ।

विवादपछि झडप हुँदा काँग्रेस कार्यकर्ताको कुटाईबाट एमाले वृन्दावन नगरपालिका वडा नं. ६ का उम्मेवदार धर्मेन्द्र पटेल र एमाले कार्यकर्ता सुनिल पटेलको टाउको फुटेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । -नयाँ पत्रिका दैनिक