2026-09-22 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् आफ्नै क्षेत्र जोगाउन नसक्ने शीर्ष नेता

असोज ६, काठमाडौं । केन्द्रीय राजनीतिमा हाबी रहेका मुख्य दलका शीर्ष नेता स्थानीय निर्वाचनमा भने आफ्नै गाउँ/नगरपालिकामा कमजोर देखिएका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि कांग्रेस नेता विमलेन्द्र निधिसम्म आफ्नै गाउँ/नगरको वडामा कमजोर देखिएका हुन् । शीर्ष नेताहरू आफैंले मतदान गरेका वडामा आफ्ना उम्मेदवारलाई जिताउन असफल भएका छन् । केही नेता भने आफ्नो वडामा मात्रै होइन, गाउँ/नगरकै प्रमुख पदमा समेत पार्टीका उम्मेदवारलाई जिताउन सफल भएका छन् । 

पूर्वप्रधानमन्त्री माधव नेपालको गृहक्षेत्र हो, रौतहट गौर नगरपालिका-२ । त्यहाँको वडामा राजपा उम्मेदवार राकेशकुमार झाले चुनाव जितेका छन् । झाले एमालेका उम्मेदवार रामपरीक्षण राय यादवलाई २ सय २३ मतान्तरले पराजित गरे ।

कांग्रेस नेता विमलेन्द्र निधिले मतदान गरेको वडामा पनि त्यस्तै अवस्था रह्यो । धनुषाको नगराइन नगरपालिका- २ मा निधिले मतदान गरेका थिए तर, त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार नरेश यादवले प्यानलसहित जितेका छन् । एमाले नेता नागेन्द्र चौधरी पनि आफ्नै वडा जिताउन नसक्ने नेतामा पर्छन् । पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका चौधरीको वडामा नेपाल लोकतान्त्रिक फोरमले जितेको छ । लोकतान्त्रिक फोरमका राजेश्वर महतो थारू ५३५ मत ल्याएर विजयी भए । गाउँपालिका अध्यक्षमा भने एमालेकै हरिनारायण चौधरी विजयी भएका छन् ।

कांग्रेस नेता सरसफाइमन्त्री महेन्द्र यादवले पनि आफ्नो गाउँपालिकाको वडामा पकड जमाउन सकेनन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका- ३ मा राजपाका तेजुकमार यादव विजयी भएका छन् । उनले कांग्रेसका महानन्द यादवलाई पराजित गरेका हुन् ।

यी नेताले जोगाए वर्चस्व

आफ्नो गाउँ-वडामा हार्ने मात्रै छैनन्, जिताउने नेता पनि छन् । माओवादीका प्रदेश २ का इन्चार्ज मातृका यादव, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डललगायत नेताले भने आफ्नो गाउँ र वडामा पार्टी उम्मेदवारलाई जिताउन सफल भएका छन् ।

माओवादी नेता मातृका यादवको गृहक्षेत्र धनुषा, सर्बेला नगरपालिका- २ हो । मातृकाको वडामा माओवादी केन्द्रले जितेको छ । नगरपालिकामा पनि माओवादीले बलियो पकड बनाएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले यसपटक नै आफ्नो निर्वाचन क्षेत्र रहेको महोत्तरी, बर्दिवास नगरपालिका- ३ मा मोरङबाट मतदाता नामावली सारेर ल्याएका थिए । उक्त वडामा माओवादीकै राजनप्रसाद ढुंगाना विजयी भएका छन् ।

एमाले २ नम्बर प्रदेशका संयोजक हुन्, सत्यनारायण मण्डल । उनी सप्तरीको सप्तकोसी नगरपालिका-११ का मतदाता हुन् । उनको गृहक्षेत्र सप्तकोसी नगरपालिकाको प्रमुख, उपप्रमुखमा एमाले उम्मेदवारले जितेका छन् । 

मण्डलको वडा सप्तकोसी-११ मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । प्रभु साहको गृहक्षेत्र रौतहट मौलापुर नगरपालिकामा माओवादीबाट उनकै श्रीमती रिनाकुमारी साह विजयी भएकी छन् । उनले मतदान गरेको मौलापुर-५ मा पनि माओवादीकै उम्मेदवारले विजय प्राप्त गरेका छन् ।

राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, माओवादीकी उर्मिला अर्याल, कांग्रेसका फरमुल्लाह मन्सुरलगायतको वडामा भने मतगणना बाँकी नै छ । कांग्रेसको अग्रता कायमै २ नम्बर प्रदेशको स्थानीय निर्वाचनअन्तर्गत ३० तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । 

कांग्रेसले १० तहमा जित हासिल गरेको छ भने एमाले ५ तहमा विजयी भएको छ । त्यस्तै, माओवादी केन्द्र ५ तह र नेपाल लोकतान्त्रिक फोरम २, संघीय समाजवादी फोरम ४ र राजपा ५ तहमा विजयी भएका छन् । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय