२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने

८ कार्तिक २०८२, शुक्रबार ०९:३६

मुस्ताङ | घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत उक्त सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड विनियोजन गरिएको छ ।

बेनी–जोमसोम ७६ किमी सडकमार्गको मार्फा सामग्रीदेखि कालीगण्डकी पारि ओझेलमा परेको यहाँको छैरो–चिमाङ गाउँ जोड्ने सडकलाई थप स्तरोन्नतिसहित आवश्यक स्थानमा कालोपत्र गर्ने गरी बहुवर्षीय योजना स्वीकृत हुनसक्ने सम्भावित सूचीमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीमा निर्मित मार्फा–छैरो पुलबाट चिमाङसम्मको कच्ची सडकलाई स्तरोन्नति गर्दै आवश्यक स्थानमा कालोपत्र गर्नेगरी बहुवर्षीय योजनाका रुपमा कार्यान्वयन हुनसक्ने सम्भावना भएकाले तत्कालका लागि छैरो—चिमाङ सडक स्तरोन्नति कार्यान्वयन नगरिएको उहाँले बताउनुभयो । “हामीले तत्कालका लागि यहाँको सडक कार्यान्वयन गर्न रोकेका छौँ, बहुवर्षीय कार्यक्रमका रुपमा निर्देशन प्राप्त भएमा कार्यालयका तर्फबाट सोही अनुसार प्रक्रिया अघि बढाइनेछ,” प्रमुख श्रेष्ठले भन्नुभयो ।

छैरो—चिमाङ सडकलाई बहुवर्षीय कार्यक्रमका रुपमा लैजाँदा चालु आवमा विनियोजन भएको रकमको पाँच गुणासम्मको लागत अनुमान तयार गरी स्रोत सुनिश्चित हुने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा मार्फा–छैरो–चिमाङ करिब चार किलोमिटर सडकको केही खण्ड कालोपत्र र अन्यमा स्तरोन्नति हुने उहाँले उल्लेख गर्नुभयो । छैरो–चिमाङ सडक बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा चालु आवमा ठेक्का सम्झौता र सडक स्तरोन्नति कार्य सुरु हुनेछ ।

कालीगण्डकी नदी पारि रहेको ओझेलमा परेको कृषि गाउँ चिमाङसम्म जोड्ने सडक जीर्ण र असहज हुँदा स्थानीय सर्वसाधारणलाई आवतजावत र मालसामान ढुवानीलगायत कार्यमा जोखिम देखिएको छ । छैरोबाट चोखोपानी खोलासम्म सिधा कच्ची सडक र चोखोपानीबाट चिमाङसम्म ठाडो उकालो सडक जीर्ण हुँदा यातायातका साधनको सहज पहुँच पुग्न सकेको छैन ।

छैरो—चिमाङ सडकलाई स्तरोन्नति तथा कालोपत्र गर्न सकिएमा त्यस क्षेत्रको कृषि उपजको सहज बजारीकरण तथा पर्यटन विकासमा समेत टेवा पुग्ने स्थानीय इन्द्रप्रसाद थकालीले बताउनुभयो । मार्फा—छैरो जोड्ने कालीगण्डकी नदीमा पुल निर्माण भइसकेकाले चिमाङसम्मको सडक स्तरोन्नति तत्कालको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने