2026-09-12 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

वडा अध्यक्षमा पराजित उम्मेदवारका छोराको गोलि हानी हत्या

असोज ९, रौतहट । दुई दशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनपछि रौतहटमा दुई जनाको हत्या भएको छ । 

जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भएको छ । वडा अध्यक्षका पराजित उम्मेदवार शेख सेराजका ३२ वर्षीय छोरा शेख स्वयव अक्बरको अज्ञात समूहले गएराति गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । 

रौतहट प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार आज बिहान करिब ३:३० बजे आफ्नै घरको बरण्डामा सुतिरहेको समयमा अज्ञात समूहले अक्बरको छातिमा दुई गोली हानेका थिए । 

घटनालगतै उपचारको लागि जिल्ला अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटना राजनीतिक कारणले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको एसपी पाखरेलले जानकारी दिनुभयो । 

घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षण भइसकेको प्रहरीले जनाएको छ । 

यसअघि कटहरिया नगरपालिका–३ बलुआ टोलका राजपा कार्यकर्ता रामपुकार यादवको हत्या भएको थियो । स्थानीय निर्वाचनको भोलिपल्ट गत असोज ३ गते बलुआ टोलमा चुनावकै विषय लिएर नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट राजपा कार्यकर्ता यादवको घटनास्थलमै मृत्यु भएको थियो । 

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले कटहरिया नपा–३ का नेपाली काँग्रेसका उम्मेदवार गौरीशङ्कर यादवका १८ वर्षीय छोरा भुटा राय यादव, काँग्रेस कार्यकर्ता अनुठा यादव र बैजुप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको छ । 

वडा अध्यक्षका पराजित उम्मेदवार यादवसँगै उनका पक्षधर झण्डै दुईदर्जन मानिस बेपता भएका छन् । उक्त घटनामा पनि राजनीतिक कारणले भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन