2026-11-02 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

वडा अध्यक्षमा पराजित उम्मेदवारका छोराको गोलि हानी हत्या

असोज ९, रौतहट । दुई दशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनपछि रौतहटमा दुई जनाको हत्या भएको छ । 

जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भएको छ । वडा अध्यक्षका पराजित उम्मेदवार शेख सेराजका ३२ वर्षीय छोरा शेख स्वयव अक्बरको अज्ञात समूहले गएराति गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । 

रौतहट प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार आज बिहान करिब ३:३० बजे आफ्नै घरको बरण्डामा सुतिरहेको समयमा अज्ञात समूहले अक्बरको छातिमा दुई गोली हानेका थिए । 

घटनालगतै उपचारको लागि जिल्ला अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटना राजनीतिक कारणले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको एसपी पाखरेलले जानकारी दिनुभयो । 

घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षण भइसकेको प्रहरीले जनाएको छ । 

यसअघि कटहरिया नगरपालिका–३ बलुआ टोलका राजपा कार्यकर्ता रामपुकार यादवको हत्या भएको थियो । स्थानीय निर्वाचनको भोलिपल्ट गत असोज ३ गते बलुआ टोलमा चुनावकै विषय लिएर नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट राजपा कार्यकर्ता यादवको घटनास्थलमै मृत्यु भएको थियो । 

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले कटहरिया नपा–३ का नेपाली काँग्रेसका उम्मेदवार गौरीशङ्कर यादवका १८ वर्षीय छोरा भुटा राय यादव, काँग्रेस कार्यकर्ता अनुठा यादव र बैजुप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको छ । 

वडा अध्यक्षका पराजित उम्मेदवार यादवसँगै उनका पक्षधर झण्डै दुईदर्जन मानिस बेपता भएका छन् । उक्त घटनामा पनि राजनीतिक कारणले भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द