२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

१८ मंसिर २०८२, बुधबार १५:२२

काठमाडौँ | बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालमा न्यून मात्रामा पुग्ने गरेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् ।

सार्वजनिक बिदाका दिन बेगनास तालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिए पनि विदेशी पर्यटक दुई–चार जना मात्र देखिने गरेका बेगनास तालमा ३७ वर्षदेखि डुङ्गा व्यवसाय गर्दै आउनुभएका मेघनाथ तिवारी बताउनुभयो । विसं २०७२ को भूकम्पसँगै बेगनास तालमा आउने पर्यटकको सङ्ख्या घट्दै गएको जनाउँदै उहाँले कोरोनाका साथै विभिन्न घटनाक्रम र सडकका कारण त्यो सङ्ख्या बढ्न नसकेको धारणा राख्नुभयो ।

वर्षौँदेखि थला परेको डुङ्गा व्यवसायमा पछिल्ला केही वर्षयता सुधार हुने आशा गरिए पनि मुग्लिङ–पोखरा, तालचोक–बेगनास सडक पुनर्निर्माणका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या घटेको बेगनास तालका डुङ्गा व्यवसायी सोमराज कँडेलले गुनासो गर्नुभयो ।

बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले डुङ्गा व्यवसायबाट दैनिकी नचलेपछि तीस प्रतिशत व्यवसायीले विकल्पका रूपमा अन्य पेसा रोजेका बताउनुभयो । “बाँकी रहेका व्यवसायी पनि व्यवसायसँगै अन्य काममा समेत संलग्न हुने गरेका छन्”, उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिका–३१ मा रहेको बेगनास तालमा आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान पुग्ने गर्छन् । माछाका परिकारका लागि बेगनास ताल वर्षौँदेखि प्रसिद्ध मानिँदै आएको छ । “यतिबेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलोपालो गरी चलाउने गरिएको छ”, डुङ्गा व्यवसायी कँडेलले भन्नुभयो ।

पोखराको दोस्रो ठूलो बेगनास ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ २८० वटा डुङ्गा सञ्चालनमा छन् भने करिब २०० जना डुङ्गा व्यवसायी छन् । “व्यवासयीले डुङ्गाको पालो कुर्न एक साता पर्खनुपर्छ । महिनाको रु तीन हजारले परिवार कसरी चल्न सक्छ”, पूर्वअध्यक्ष कँडेलले प्रश्न गर्नुभयो ।

बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु ७०० र पाइडलबोटको रु एक हजार ५०० लिने गरेका बेगसान डुङ्गा व्यवसाय समतिका अध्यक्ष रविराज कँडेलले जानकारी दिनुभयो । “तालमा तीनवटा मोटरबोट भए पनि ती मोटरबोट बराह मन्दिरमा जानआउनका लागि मात्र प्रयोग हुन्छन्”, उहाँले भन्नुभयो ।

डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ । बेगनास तालमा विसं २०३७ देखि व्यावसायिक रूपमा डुङ्गा सञ्चालन हुँदै आइएको हो ।
विसं २०५३ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँका डुङ्गा व्यवसायका साथै सवारीसाधनका रूपमा प्रयोग हुन्थ्यो । कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोका रूपमा यो ताल प्रयोग गर्दै आएका अध्यक्ष कँडेल जानकारी दिनुभयो ।

बेगनास तालका होटल व्यवसायी सोमबहादुर लालचनका अनुसार पर्यटकको सङ्ख्या दश वर्षदेखि घट्दै भएको छ । “सोही कारणले यहाँको पर्यटन व्यवसाय स्वदेशी पर्यटकले धानिएको छ । एक–दुई जना इजरायली पर्यटक मात्र आउँछन्, उनीहरूले पनि धेरै पैसा खर्च गर्दैनन्”, उहाँले भन्नुभयो ।

पोखराको फेवातालमा आउने २५ प्रतिशत पर्यटक मात्र बेगनास तालमा पुग्ने गरेमा यहाँको पर्यटन व्यवसाय चलायमान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “पर्यटकको पर्खाइमा कतिञ्जेल बस्ने हो”, लालचनले भन्नुभयो, “होटलका लागि पर्यटक खोज्दै बेगनास ताल आसपास आएर बस्नुपर्ने अवस्था छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै