2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको इलाका प्रशासन प्रभावहिन, १५ वडाका स्थानीय मारमा

सलिम अन्सार/कात्तिक ९, प्यूठान । सर्वसाधारणलाइ पाएक पर्ने स्थानमै सेवा सुविधा उपलव्ध गराउन सरकारले स्थापना गरेको इलाका प्रशासन कार्यालय प्रभावहिन पाइएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका अन्र्तगत इलाका प्रशासन कार्यालय  चकचके जस्पुरमा मालपोत र नापी खुलेको महिनौ बितिसक्दा पनि काम थालिएको छैन। दुवै कार्यालयले गत असार देखि घर भाडामा लिएर कार्यालय खोलेका हुन । 

दक्षिणी प्यूठानका अहिलेका १५ वडाका नागरिकलाइ सेवा दिने गरि कार्यालय स्थापना गरिए पनि सेवा प्रवाहमा सरकारी चासो पुग्न सकेको छैन। दुर्गम भेगका बासिन्दालाइ नापी र मालपोत सम्बन्धि कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ । 

गाउँघरमै काम हुने भन्दै हौसिएका स्थानीय सेवा नपाउँदा खिन्न छन । नापी तथा मालपोतको काम गर्न सदरमुकाम जानुपर्दा दुइ हजार भन्दा बढि रकम खर्चनुपर्ने सर्वसाधारणको बाध्यता छ । 

एकिकृत सेवा प्रवाहमा ढिलाइ हुँदा माण्डवी गाउँपालिका सहित स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिकाका बासिन्दा प्रत्यक्ष मारमा परेका छन। क्याभिनेटबाट  इलाका प्रशासनको कार्यक्षेत्र निर्णय भइ आउँदा यहाँका चार वटा वडा अखित्यारीपत्रमा छुटन गएकाले सेवाप्रवाहमा ढिलाइ भएको इलाका प्रशासन कार्यालय जस्पुरले बताएको छ । अखित्यारी पत्रमा स्वर्गद्धारी नगरपालिकाका ३ वटा वडा र सरुमारानीको १ वटा वडा छुटेको कारण पुन बिभागले मन्त्री परिषदमा प्रस्तावको तयारी गरेको बताइएको छ । 

प्रश्ताव स्विकृत भइ आए पश्चात काम सुचारु गरिने इलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख शेर बहादुर बिकले जानकारी दिए ।  सेवा चाडै सुचारु गछौँ उनले भने । कार्यक्षेत्र स्विकृत भइ आएका यी चार  बाहेकका अन्य एघार वडाका स्थानीयले समेत नापी र मालपोत सम्वन्धी कामकाज हुन सकेको छैन । सरकारले यहाँ मालपोत कार्यालय प्रमुख समेत खटाएको छैन । 

चकचकेमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी अभाब रहेको श्रोतले बताएको हो। माथिल्लो निकायमा कर्मचारी व्यावस्थापनका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डा कृष्ण प्रसाद घिमीरेले बताए । 

दक्षिणी प्यूठानका स्थानीयले प्रशासनिक काम कै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता चाडै अन्तय हुने उनको भनाइ छ । कर्मचारी व्यावस्थापन हुन नसक्दा सेवा सुचारु गर्न नसकिएको प्रजिअ घिमीरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ