2026-09-15 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गुण्डागर्दी अन्त्य गर्ने पाँच नम्बर प्रदेश प्रहरी प्रमुखको प्रतिबद्धता

कात्तिक ११, प्युठान । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख मिङमार लामाले गुण्डागर्दि अन्तय गरिने बताउनुभएको छ । 

प्रदेशको मातहतको सुरक्षा अबस्था बारे जानकारि लिन गुल्मी पुग्नुभएका लामाले गुण्डागर्दी गर्ने जो कोहिलाइ पनि नछाडिने बताउनुभयो । उहाले गुण्डागर्दीमा संलग्नलाइ कानुनि डायरामा ल्याउने बताउनुभएको हो।प्रदेश प्रमुखको रुपमा दाङ आएपछी मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न केहि दिन निस्किनु भएको थियो ।

राजापुर बर्दिया गुलरिया लगाएतको ठाउमा पुगेर सुरक्षा अबस्थाको बारेमा बुझेर फर्किएका लामा विहिवार प्युठान, अर्घाखाचि र शुक्रबार गुल्मी पुगेर अनुगमन गर्नु भएको हो । 

बर्दियाका मुख्य मुख्य प्रहरी ईलाकाहरुको औपचारिक भ्रमण गर्दै उहाले निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिनुभयो । पाँच नम्बर प्रदेशमा रोल्पा र रुकुम पुर्वी र पश्चिममा हुन लागेको निर्वाचन शान्तिपुर्ण हुने र निर्वाचन विरोधि गतिविधि प्रहरीले नियन्त्रणमा गर्नेसमेत लामाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय गुलरिया देखि ईलाका प्रहरी कार्यालय राजापुर इप्रका मैना पोखरी लगाएतका प्रहरी ईकाईहरुमा खटिएका प्रहरीलाई लामाले बिर्फिङ्ग गर्नुभएको थियो । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय प्युठान, अर्घाखाचि, गुल्मीको औपचारीक भ्रमणको रुपमा लिनुभएका एआइजी लामाले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाउन पनि आग्रह गर्नुभयो । साथै समाजमा रोगको रूपमा रहेको गुंडागर्दी जरैदेखि समाम्त पार्न आज बाट जिल्लाहरुका प्रहरी प्रमुख हरुलाई निर्देशनसमेत दिएको बताएका छन् । प्रहरी किर्याकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनौती समेतलाई सम्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणले सहयोग पुर्याएको विश्वास लिईएको छ ।

भ्रमणका क्रममा प्रहरीलाई आबस्यक पर्ने भौतिक सुविधा तथा आबस्यकताका बारेमा पनि बुझ्नु भएको थियो । सागर थापाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ