2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा ब्यबसायीको हत्यापछी त्रसित बने स्थानीय

सागर शर्मा | कात्तिक १२, प्युठान । तिहारको भाईटिकाको दिन नौबहिनी गाउँपालिका–६ बाहानेका एक व्यापारीको हत्या भएपछि सर्वसाधारण त्रसित बनेका छन् । ३५ वर्षीय बसन्त केसीको आफ्नै घरभित्र रातको समयमा हत्या भएपछि सर्वसाधारण त्रसित भएका हुन् ।

‘व्यापारीको घरभित्रै भएको हत्याले हामी त्रसित बनेका छौं,’ स्थानीय व्यापारी महेश थापाले भने,‘यो घटनाले सवैमा डरत्रासको वातावरण बनाएको छ ।’ घटनापछि सिंगो बजार र गाउँका जनता दुःखी बनेको उनले बताएका हुन ।

बाहाने बजार गाउँपालिकाको केन्द्रको रुपमा रहेको छ । गाउँपालिकाका स्याउलिवाङ, लिघा, डामृ, खवाङ, फोप्ली र लुङको बजार केन्द्र भएको थापाले बताए । ‘सामान्य झै–झगडा हुने गर्थे,’ उनले भने,‘यो घटनाले सवैलाई स्तब्ध बनायो ।’

व्यवसायीहरुको छाता संगठन प्यूठान उद्योग वाणिज्य संघले घटना दुःखदपूर्ण भएको जनाएको छ । ‘घटना जघन्य र सुनियोजित छ ।’ संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले भने,‘घटनामा संलग्न सवैलाई कानुनको दायरामा ल्याई कारवाही गर्नुपर्छ ।’ दोषी पत्ता लगाएर कारवाही गर्न उनले प्रहरीसँग आग्रह गरेका छन् ।

श्रीमानको हत्यामा संलग्न दोषीलाई कार्वाही गर्न मृतककी श्रीमती नारायणी केसीले माग गरेकि छिन । श्रीमानको किरिया बसेकि केसी अढाई वर्षको छोरी सहित जिल्ला प्रहरी कार्यालयमा पुगेर दोषीलाई कारवाही गर्न माग गरेकि हुन ।

उनले घटनाको निस्पक्ष छानविन गर्न समेत आग्रह गरेकि छिन । घटनाको आरोपमा पक्राउ परेका केहि व्यक्तिलाई छुटाउन राजनीतिक दल लागेको भन्दै उनले दुःख व्यक्त गरिन । ‘प्रहरी प्रशासनले दोषीलाई कारवाही गरि न्याय दिनेछ,’ उनले  भनिन,‘दोषीलाई राजनीतिक संरक्षण नहोस् ।’

केसीको हत्यासँगै दश लाख भारतीय रुपैयाँ, अढाई लाख नेपाली रुपैयाँ, दश तोला सुन र २० हजारको रिचार्ज कार्ड चोरि भएको परिवारले जनाएका छन् । मृतक केसीको १४ वर्षीया छोरी, १२ वर्षीय छोरा र अढाई वर्षीया छोरी छन् ।

घटनाको अरोपमा प्रहरीले सोही घरका छिमेकीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको आरोपमा छिमेकी १७ वर्षीय अमरजित केसी, २३ वर्षीय मन्जित केसी र ५९ वर्षीय शेर बहादुर केसीलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेलले बताए । 

‘भौतिक सवुत ल्यावमा परिक्षणका लागि केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाईएको छ’ उनले भने,‘पक्राउ परेकाहरुकाको बयान शुरु हुँदैछ ।’ चोरि भएको केही पैसा बरामत गरेको र थप खोजतलास जारी रहेको प्रहरी नायव उपरिक्षक पोख्रेलले बताए । उहाँले कतैबाट पनि राजनीति दवाव नआएको बताए । ‘प्रहरी फ्रेस रुपमा काम गरिरहेको छ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ