2026-07-24 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

आचार संहिता पालना गर्नुपर्छ: गोविन्द आचार्य

सागर रिजाल/कात्तिक १३, प्यूठान । पत्रकार महासंघ नेपालका अध्यक्ष गोविन्द आचार्यले पत्रकार आचार संहिता पालना गर्न सवै पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । 

प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ प्यूठानको संयोजनमा सोमबार भएको कार्यक्रममा पत्रकार आचार संहिताले समग्र पत्रकार र सञ्चार क्षेत्रको गुणस्तरीयता कायम राख्ने बताउनुभएको हो । 

उहाँले नजिकिदै गरेको निर्वाचनलाई मध्यनजर गरि पत्रकार आचार संहिता पालना गर्न सचेत बन्न आग्रह गर्नुभएको हो । पत्रकार महासंघले केन्द्रमा निर्वाचन आयोगसँग पहल गरि पत्रकारहरुलाई निर्वाचन सम्वन्धि तालिम दिने व्यवस्था मिलाएको उहाँको भनाई छ । ‘जिल्ला तहमा पनि तालिम गर्न आग्रह गरेका छौं,’ उहाँले भन्नुभयो,‘यसले पत्रकारहरुको क्षमतामा विकास हुन्छ ।’

प्रेस काउन्सिलका सदस्य समेत रहनुभएका आचार्यले काउन्सिलले नियमित रुपमा पत्रकार र सञ्चारमाध्यमको अनुगमन गरिरहेको बताउनुभयो । पछिल्लो समय आधुनिक तरिकाले रेडियो, टेलिभिजन, अनलाईनहरुको अनुगमन गर्ने व्यवस्था गरिएको समेत उहाको भनाई छ ।

अध्यक्ष आचार्यले सञ्चारसँग सम्वन्धित निकाय काठमाण्डौमै सीमित हुँदा पत्रकार र सञ्चारमाध्यमले दुःख पाएको उहाँले बताउनुभयो । उहाँले  प्रेस काउन्सिल, सूचना विभागलाई प्रदेश स्तरमा समेत स्थापना गरिनुपर्नेमा जोड दिनुभयो । 

‘मोफसलका पत्रकार रातो कार्ड बनाउन पनि काठमाण्डौं जान बाध्य छन,’ उहाँले भन्नुभयो,‘पत्रिका वर्गिकरणको काम पनि अव जिल्ला वा प्रदेशबाट हुनुपर्छ ।’ त्यसको लागि महासंघले पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य संगीता खड्का, पत्रकार महासंघ मलेसियाका संस्थापक अध्यक्ष रमेश तिवारी, पत्रकार महासंघ पाँच नम्वर प्रदेश संयोजक बसन्त गिरी, पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको उपस्थिती रहेको थियो । 

पत्रकार महासंघ प्यूठानका अध्यक्ष महावीर रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एलवी थापा र सञ्चालन सचिव विजयसिंह भारतीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक