2026-08-27 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

अपाङ्गहरुको सहभागीतामा जोड दिन आग्रह

अजयकुमार साह/कात्तिक १४, उदयपुर । जिल्लामा अपाङ्गता भएकाहरुको विकास लागि स्थानिय निकायहरुको तर्फबाट ठोस पहल हुननसकेको गुनासो अपाङ्गता सम्बन्धी कार्य गरिरहेका संघ संस्थाहरुले आवाज उठाएकाछन् ।  

अपाङ्ग सम्बन्धी सवालहरुको समावेसीकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा आईतबार संघ संस्था सम्बद्ध अधिकारकर्मीहरुले सो आवाज उठाएका हुन् । 

हाल स्थानिय तहको पुनःसंरचना भईसक्दा समेत अपाङ्गहरुलाई ति संरचनाहरुमा नसमेटेको उनिहरुको गुनासो रहेको छ । जिल्लामा रहेका चार वटा नगरपालिका र चार वटा गाउँपालिकाहरुका कार्यक्रम र बजेट निर्माण गर्दा अपाङ्गहरु बारे खासै चासो नलिएको उनिहरुले गुनासो गरेकाछन् । 

अपाङ्गता सम्बन्धि बिषयलाई स्थानीय निकायका हरेक गतिबिधिहरुमा समाबेस गरियोस् भन्दै अब अपाङ्गता भएकाहरुलाई आफ्नै उद्योग, व्यवसाय अन्य रोजगारमुलक, शिपमुलक कार्यक्रमहरुतर्फ उन्मुख गराउन सम्बन्धीत निकायले पहल गर्नुपर्ने अपाङ्ग बिकास संघ उदयपुरका अध्यक्ष चन्द्र राईले बताए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकारका लागि नेपालमा अन्तराष्ट्रिय कानुन, नेपाल सम्बद्ध घरेलु कानुनहरु विद्धमान हुँदा समेत त्यस्तो कानुनलाई ओझेलमा पारिरहेको उनले आरोप लगाए । बार्षिक करोडौं बजेट विनियोजन हुँदा समेत  अपाङ्गता भएकाहरुलाई नसमेटिएको उनले गुनासो गरेकाछन् ।

उनले प्रचलित कानुन साथै राष्ट्रिय, अन्तराष्ट्रिय मूल्य मान्यताहरुलाई कार्यान्वयन र अक्षरस पालना गर्दै अपाङ्गता भएका व्यक्तिहरुको सवालहरुलाई बिकासको मुलप्रवाहमा उच्च प्राथमिकताको साथ समेटिनु पर्ने समेत बताए । 

कार्यक्रममा सहभागि अन्य व्यक्तिहरुले अपाङ्गता भएका ब्यक्तिहरुले सपाङ्गहरुलाई नै चुनौति दिएको थुप्रै उदाहरण भएको बताए । उनिहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता अनुसारको व्यावसायिक काममा उन्मुख गराउन राज्यको मुख्य दायित्व रहेको बताए ।  

अपाङ्ग बिकास संघ गाईघाटको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरको उप–प्रमुख गंगा राई, गैरसकारी संस्थाका उदयपुरको उपाध्यक्ष सुमन परियार, नेपाल पत्रकार महासंघ उदयपुरको सह–सचिब गजेन्द्र राई लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले अपाङ्गता सम्बन्धी सवालहरु उपर एक्यवद्धता जनाएकाछन् ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’