2026-10-28 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विवाहकै महिनामा सिन्दुर पुछिएकी चेली भन्छिन्–‘उ मेरा उहाँ त आउनु भो… ’

प्रेम सुनार | कात्तिक ३०, गुल्मी | चिसो मौसम छ । कच्ची र अँध्यारो  कोठाको भुँईमा पराल ओछाईएको छ । त्यसैमा उनि सेतो पहिरनमा लडेकी छन् । वेला वेलामा हे…. मेरो हजुर भन्दै चित्कार छाड्छिन र वेला वेलामा अचेत हुन्छिन् । जागेको बेला एकछिन उठेर बस्नु न भन्दा  उठ्न सक्दिँन भन्छिन् । 

उठ्ने प्रयास पनि गर्छिन तर सक्दिँनन् । विवाहको एक साता नपुग्दै  नवदुलहा बेपत्ता भएका र झण्डैै एक महिना पछि मृत फेला परे देखि करले रशीलो पदार्थ वाहेक उनको पेटमा अरु खाद्य पदार्ध  परेको छैन भन्छन परिवारजन ।

वाहिरपट्टि साईला ससुराले पनि भतिजाको किरियाक्रम गरी रहेका छन् । आँगनको कुनामा एक महिना अघि मात्र विवाह गर्दा चढाईएका ध्वजापताहरु फर्फराई रहेका छन् । त्यसैको कोखमा उनै वेहुलाको श्रद्धाञ्जीका लागि राखिएको तस्वीर  र शोक पुस्तीका डेक्स राखिएको छ । 

झ्याप्पै आँखा पहिला विवाहका तिनै ध्वजापत्ताहरुमा पर्छन् । त्यसको नजिकै   उनै वेहुलाको हार्दिक श्रद्धाञ्जली लेखिएको तस्वीरमा आँख पुग्दा भावविह्ल हुन्छन जो कोही । त्यो दर्दनाक दृश्य हो केहि दिन अघि सन्धीखर्कको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका अर्घाखाँचीको पणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय हरिप्रसाद भट्टराईको घरको । 

उनको असौज १६ गते  वडा नम्वर ४ की २१ वर्षिया विष्णु घिमिरे संग धुमधाम संग विवाह भएको थियो । २२ गते उनि नवदुलहीको हातबाट पकाएको खाना खाएर उनै वेहुलीलाई बनाएको गहनाको पैसा तिर्न भनि सन्धिखर्क हिडेका थिए । सन्धिकर्ख पुगेर संगै गहका लक्ष्मण सुनारलाई राष्ट्रिय वाणिज्य बैंकबाट पैसा निकालेर दिई सकेपछि आफ्नो जिवन विमाको रकम तिर्न एशियन लाईफ ईन्सुरेन्सको कम्पनीमा पुगेका थिए ।  साढे ११ वजे सम्म त्यही छन् । त्यस पछि उनको अवस्था अज्ञात रहेको थियो ।

प्रहरी प्रशसनकै आँखा अगाडी दिन दाहडै वेपत्ता भएका उनको शव ठिक ३० दिनका दिन प्रहरी प्रशासन पारी कै जंगलमा भेटिन्छ । पायः धेरैले मर्निङ्ग वाक गर्ने जंगल नजिकै उक्त सव प्रहरीले फेला पार्न किन सकेन र घाँस दाउरा गर्ने जनताले फेला पारे ? भन्दै परिवारजन ठुलो आशंकामा परेका छन् । 

उनी झुण्डिएको रुख विद्युतको पोलमा चढ्ने मिस्त्रीहरु समेत चढ्न नसक्ने खालको सुरिलो र निकै अग्लो छ । नयाँ नाईलनका तिन वडा डोरी समेत तल भुईमा राखिएको छ । उस्तै डोरप्ीमा उनि झुण्डिएका छन् । उनको झोला , कमिज , कागज र जुत्ता टिलिक्क टल्केका छन् ।

फिङ्गर परिक्षणका  लागि ति उनका सामग्रीहरु र फोन प्रहरीले अरु कसैको फिङ्गर नपर्ने गरी सुरक्षित वरामद गर्नु पर्ने हो । तर जसलाई पनि छुन चलाउन छुट दिईएको छ । त्यसले थप रहश्यमय घटना भएको परिवारजनको चिन्ता छ ।

वेला वेलामा  किरिया क्रमको कुनोवाट चित्कार छाड्दै विष्णु भन्छिन मेरो उहाँलाई सानो तिनो मान्छेले मारेकै छैन ठुलै मान्छेले भएरै दवाईएको छ । झुण्डिएर त उहाँ मर्ने सक्नु हुन्न । परिवारका हरेक सदस्यको भनाई पनि त्यही छ । 

विष्णुले भने झैं को हो त ठुलै मान्छे ? भनेर पत्ता लगाउन प्रहरी प्रशासनले त पत्ता लगाउन नसके पछि परिवारजन हे ईश्वर भन्नु शिवाय अरु विकल्पमा छैनन् । दाजु रेणुकान्त भट्टराई प्रहरी प्रशासन कै हात हो कि भन्ने सम्मको आरोप लगाउँ छन् । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी एकनारायण कोईराला छानिविन गहिरो संग हुने बताउँदै आएका छन् । 

नियतिको ठुलो वज्रपातमा परेकी विष्णु लौन……..उहाँ  त मर्नु भएकै छैन खोजि दिनुस भन्छिन कति वेला ।  फेरी भन्छिन.. उ मेरो उहाँ त टुप्लुक्क आई पुग्नु भो  । उता हेर्छु  कति वेला टुप्लुक्क आउनु हुन्छ कि जस्तो लागेर   तर आउनु हुन्न….. लामो चित्कार ………..ओठ मुख सुक्छ । किक्क किक्क गर्छिन् ।  विवाहको दिन आफ्नो फेशबुकमा वेहुलाले भन्दा पहिला रमाउँदै फोटो अपलोड गरेकी विष्णुको  त्यो रातो साडीमा वेहुला संग मुस्कुराएको तस्वीर अहिले सेतै पहिरन देख्दा मुटु भक्कानिन्छ । 

रिर्पोटिङ्ग गर्न पुगेको म आफै आँशु खसेर , मुटु भक्कानिएर बोल्न सकिन । विष्णु घर पणेनी भए पनि कविलवस्तुमा बसेर पढ्ने गर्थिन् । स्नातक तेश्रो वर्षको परिक्षा दिएकी विष्णु गत स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर काम गरेकी थिईन् । 

पछि कपिलवस्तु मैं वोर्डिङ्ग स्कुलमा पढाउने गर्दथिन् । उनका श्रीमान भट्टराई नवलपरासी एक बिद्यालयका निमावि तह स्थाई शिक्षक थिए । उनीहरु दुई विच एक महिना अघि मात्र भेटघाट भई आफन्तजनको माध्यमद्धारा मागी विवाह भएको थियो ।  

माथिको २ तस्वीरमा: विष्णु एक महिना अघि विवाहमा वेहुला संग र अहिले सेतो पहिरनमा अर्ध अचेत हुँदै किरिया क्रमको कुनोमा | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला