पढ्न करिब 2 मिनेट लाग्छ

प्रेम सुनार/मंसिर ७, गुल्मी । गुल्मी जिल्लामा लामो समय देखि अपङ्गताको क्षेत्रमा क्रियाशिल रहेर काम गर्दै आएकी र धेरै जना अपाङ्गता भएका व्यक्तिलाई नव जिवन दिदै आएकी गंगा रायमाझी अहिले आफ्नै आमाको उपचार गर्ने खर्च अभाव भएपछि सार्वाजानिक रुपमै सवै संग सहयोगको अपिल गरेकी छन् ।

आशा अपाङ्ग केन्द्र तम्घास गुल्मीकी प्रवन्ध निर्देशक रायमाझी कि ५७ वर्षिया आमा हिराकुमारी रायमाझी आन्द्रमा ट्युमर भएर यति वेला काठमाण्डौको ग्राण्डी अस्पतालमा भर्ना भएकी छन् ।

गुल्मी कै मालिका गाउँपालिका वडा नम्वर ५ छापाहिले गाउँकी रायमाझीले आज काठमाण्डौंबाट यस समाचारदाता संग फोन गरेर आफु आमाको उपचारका लागि आर्थिक संकटमा परेको हुँदा सहयोगको अपिल संवन्धि समाचार उठान गरी दिन अनुरोध गरेकी छन् ।

अप्रेशनका लागि सुरु मै पाँच लाख अस्पतालले मागेको छ, म संग त्यति रकम छैन, बढो मुस्कीलमा परेको हुँदा सवै संग आमाको जिवन रक्षार्थ सवै संग सहयोगको हात फैलाउन विवस छु उनले भनिन् सवै संग सहयोगको अपिल गर्दछु ।

उनले हिजो फेशवुक मार्फत पनि सहयोगको अपिल गरेकी छन् । त्यो हेरेर गए राजी गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले यसै समाचारदातालाई फोन गरेर गंगा रायमाझी जस्तो अरुका लागि खट्दै आएकी महिलाकी आमाको उपचारका लागि सञ्चार माध्यमको तर्फबाट सहयोग गरी दिन आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले सहयोग संकलन आफैबाट सुरु गर्ने बताउँदै ५ हजार रुपैयाँ घोषण गरेका छन् । उहाँ लगत्तै धेरैले सहयोग घोषणा गर्ने क्रम जारी रहेको छ ।

सामाजिक क्षेत्रमा काम गर्ने रायमाक्री मात्र होईन पत्रकार जनादर्न घिमिरे जस्ता व्यक्ति समेत श्रीमतिको उपचार खर्चका लागि सहयोगको अपिल गर्नु पर्ने अवस्था छ ।

घिमिरेकी पत्नीको उपचारका लागि मुसिकोट नगरपालिकाले ५० हजार रुपैयाँ दिने निर्णय भएको मेयर सोमनाथ सापकोटाले बताएका छन् । यता रेसुङ्गा नगरपालिकाले पनि ५० हजार दिने निर्णय भएको मेयर डिल्लीराज भुसालले बताए । सहयोग गर्न चाहनु हुने महानुभावले उनै गंगा रायमाझीको मोवाईल नम्वर ९८४७१०५१११ मा सम्पर्क राख्नु होला ।

तस्वीरः गंगा रायमाझीकी आम ग्राण्डी अस्पतालको शैयामा