2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा

December 15, 2017

मङ्सिर २९, सोलुखुम्बु । सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । 

गत असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात भएपछि हालसम्म ८९९ जनाले स्वास्थ्य बीमा गरेका छन् । 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडाँैले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा ८९९ जना नागरिकले स्वास्थ्य बीमा गराई निर्धारित सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिनसक्ने भएका हुन् । 

जिल्ला अस्पताल फाप्लु, प्राथमिक स्वास्थ्य केन्द्र सोताङ र सल्यान, ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगा, जिरी अस्पताल दोलखासँग सम्झौता गरिएको हुँदा पायक पर्ने स्वास्थ्य संस्थामा गएर निर्धारित स्वास्थ्य सेवा लिनसक्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकू काठमाडाँैले जनाएको छ । 

जिल्लाको सम्पूर्ण वडामा एकजना दर्ता स्वयंसेवक नियुक्त गरी काम भइरहेको छ । प्रति वडा एकजना दर्ता स्वयंसेवक नियुक्त गर्ने प्रावधान भए पनि पहिलोचरणमा खुम्बुपासाङ ल्हामु गाउँपालिकासहित दर्ता स्वयंसवेक छनोट नभएको क्षेत्रका लागि १४ जना स्वयंसेवक छनोट गरिसकिएको दर्ता अधिकारी बस्नेतले जानकारी दिनुभयो । चाँडै तालीम सञ्चालन गरी उक्त क्षेत्रमा पनि दर्ता प्रक्रिया सञ्चालन हुने उहाँले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही