२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने

२०७४, ६ पुष बिहीबार ०८:२६

पुस ६, गुल्मी । गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ । 

मुसिकोट नगरपालिका वडा नं ६ स्वाँरामा रहेका गुरुङ समुदायले यही पुस १० देखि १३ गतेसम्म स्वाँरा होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रथम होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिनुभयो । 

महोत्सवमा गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत सांस्कृतिक झलकको साथमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुति तथा खेलकुदलगायत होमस्टे महोत्सवका मुख्य आकर्षण रहने समाजसेवी गुरुङले बताउनुभयो । 

विसं २०६८ देखि स्वाँरा होमस्टे सञ्चालन गरिए पनि होमस्टेको उचित प्रचारप्रसार नहुँदा र यातायातको भरपर्दो व्यवस्था नहुँदा समेत स्वाँरा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या कम हुँदै गएपछि गुरुङ समुदायद्वारा सञ्चालन गरिएको स्वाँरा होमस्टेलाई व्यापक प्रचारप्रसार गर्नसमेत महोत्सव आयोजना गरिएको समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण