2026-09-02 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एकबर्ष अघि वलात्कार, अहिले हत्या, हत्यापछी मन्दिरमा झुन्ड्याईयो !

प्रेम सुनार | पुस ११, गुल्मी । अर्घाखाँचीमा एक वर्ष अघि वलात्कृत भएकी एक दलित युवती शनिवार रहश्यमय रुपमा मृत फेला परेकी छन् । भुमिका स्थान नगरपालिका वडा नम्वर ९, धनचौरकी १७ वर्षिया सुन्दरी नामले परिचित समिता नेपाली सोही नगरपालिका वडा नम्वर १० स्थित चरेपानी जंगलको विचमा पर्ने कालिका मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । आईतवार विहान अर्घाखाँची प्रहरीले जिल्ला अस्पताल सन्धीखर्कमा शव पोष्मार्टम गरी दाह सस्कारका लागि परिवारजनलाई बुझाएको छ ।

२०७३ साल माघ ७ गते सन्धीखर्कमा भएको अर्घाखाँची महोत्सव हेरेर उनले पढ्ने स्थान वाङलाको आँमडाँड तर्फ जाँदै गर्दा भुमिका स्थान नगरपालिका वडा नम्वर ४ धारापानी मकै डाँडाका अन्दाजी २५ वर्षिय राजु अधिकारीले मोटरसाईकलमा ‘म पुराई दिन्छु’ भनेर चढाएका थिए । उनले समितालाई त्यस तर्फ लैजाँदै गर्दा नास्ता गरेर जाउँला भन्दै सन्धीकर्खको होटल डायमण्डमा पुराएका थिए । प्रहरीलाई दिएको वयान अनुसार नसालु पदार्थ सेवन गराई उनलाई अधिकारीले त्यस रात त्यही राखेर बलात्कार गरेका थिए । त्यही घटनाको रिसईवीका कारण अहिले उनको हत्या भएको हुन सक्ने बताउँछन् सोही वडाका वडा सदस्य जनकलाल गैरे ।

वलात्कारको तेश्रो दिन माघ ९ गते जिल्ला अदालत अर्घाखाँचीमा मुद्धा दर्ता भएको थियो । त्यस लगत्तै फरार आरोपी अधिकारी हालसम्म वेपत्ता छन् । यहि पुष ६ गते एक वर्ष पुरा भई दोश्रो वर्षका लागि पक्राउ पुर्जी जारी गरेकै दिन उनी मृत फेला पर्नु शुनियोजित रुपमा उनको हत्या गरिएको आशंका परिवारजन र अधिकारकर्मीहरुले गरेका छन् । दलित मुक्ति मोर्चा अर्घाखाँचीका जिल्ला संयोजक जंग परियार ।

वलात्कार पछि उनलाई गाउँमा असुरक्षा महशुस गरी परिवारजनले पढ्नका लागि ललितपुरमा रहेकी मामाकी छोरी मिनाको घरमा राखेर पढाउन पठाएका थिए । कक्षा ११ मा पढ्ने समितिता विहिवारका दिन विहान सदा झै पौने ६ वजेतिर मिनाको घरबाट कलेज जान्छु भन्दै हिडेकी थिईन् । कलेज जान्छु भने पनि समितिा आउट ड्रेसमा हिडेकी थिईन् । त्यस दिन दिउँसो ११ वजे तिर समितिलाई उनै दिदी मिनालाई फोन गरेर म अर्घाखाँची कै एक जना केटासंग विवाह गरेर ईन्डिया तिर जाँदै छु अहिले वुटवल आई पुगे भनेर फोन गरेकी थिईन् । दिदी मिनाले नपत्याएर किन ठट्टा गर्छेस छिटो घर आउ भनेर फेरी फोन गरेकी थिईन् । त्यस पछि समिताले फोन स्वीच अफ गरेपछि सम्पर्क विहिन भएकी थिईन् ।

यस घटनावारे परिवारको तर्फबाट संयोजन गरिरहेका समितिाका भिनाजु हुमबहादुर नेपाली उनी आफै झुण्डिएर आत्मा हत्या गरेको कुरा पत्याउनै नसक्ने बताउँछन् । त्यस मन्दिरमा समिता झुण्डिएको वलेसी ५ फिट भन्दा बढि छैन् । त्यो भन्दा अग्ली समिता छन् । उनको घुँडा पहिल्लै नुगाईएको, थप डोरी भुँईमा पनि छ । कोखैमा चुरोटको ठुटा निभाएर राखिएको छ । नेपाली भन्छन् – ‘घटनाको प्रकृतिले उनलाई पहिला डोरीले गला कसेर हत्या गरी झुण्डाईको छ । समिताका पिता विष्णुबहादुर नेपाली स्थानिय शिक्षक हुन् । छोरीको वलात्कार गरिएका व्यक्तिको षडयन्त्रमा छोरीको हत्या गरिएको आरोप उनले लगाउँ छन् ।

घटनाका सम्वन्धमा अर्घाखाँची प्रहरी प्रमुख डिएसपी एकनारायण कोईरालासंग सम्पर्क राख्दा उनले अनुसन्धान भईरहेको बताए । हत्याको आशंका गर्ने आधारहरुः घटना स्थल भन्दा समितिको घरमा पुग्न करिव साढे दुई घण्टा लाग्छ । उनले बुटवलबाट ललितपुर स्थित दिदी मिनालाई फोन गरे पनि घरमा फोन गरेकी छैनन् । उनि आफ्नो मन खुशीले अर्घाखाँचाी घरमा आएको देखिन्न । उनि तिहारमा घर आएर गएकी थिईन् । घटनाको केहिदिन अघि मात्र आमालाई उनले फोन गरेकी थिईन् ।

वलात्कार घटनापछि उनि पितासंग ठाडो शिर लगाएर बोल्न सक्दीनथिन् । त्यसैले पनि पितासंग फोन हुँदैनथ्यो । त्यस अघि दिदी मिनासंग र परिवारका कुनै सदस्यसंग कसैसंग माया प्रेम रहेको सुईको उनले दिएकी थिईनन् । वलात्कृत भएदेखि उनी निकै सजग हुँदै आएकी थिईन् ।

त्यस दिन एक्कासी घरबाट निस्कनु र दिउँसो एक कल फोन पछि स्वीचअफ गर्नु र तीन दिनपछि मात्र जंगल विचको मन्दिरमा उनको शव फेला पर्नुले समितिलाई भारत तिर वा वुटवलतिर बस्ने कसैले षडयन्त्रमुलक ढंगले लभ चक्कर चलाई रहेको र विवाह गरेर ईन्डियातिर जाने वाहनामा अपहरण गरी जंगलमा लगेर हत्या गरेको हुनसक्ने आशंका गर्न सकिन्छ । यस घटनाको गम्भीर रुपले अर्घाखाँची प्रहरीले अनुसन्धान गर्न जरुरी देखिन्छ । प्रहरी गम्भीर नभएको भन्दै दलित अगुवा खड्ग दर्नाल लगायतका नेताहरुले आन्दोलन चर्काउने चेतावानी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली