2026-08-26 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

लुत्रले दिए भिजन एफएमलाई निशुल्क जग्गा

ओखलढुंगा । भिजन एफएम ओखलढुंगालाई भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ । भिजन नेपाल ओखलढुंगाले सञ्चालन गरेको भिजन एफएम ९०.५ मेघाहर्जलाई सिद्धिचरण नगरपालिका ६ का स्थानीय समाजसेवी लुत्र बहादुर मगरले जग्गा निशुल्क दिनुभएको हो । मगरले आज मालपोत कार्यालय ओखलढुंगामा नक्सा पास गरि आफ्नो नाममा रहेको ३ आना जग्गा भिजन नेपालको नाममा निशुल्क रजिस्टेशन पास गरि संस्थाका अध्यक्ष पूर्णप्रसाद न्यौपानेलाई लालपुर्जा हस्तान्तण गर्नुभयो ।

जग्गादाता मगरले भिजन एफएमले समुदायको विकासमा पु¥याएको योगदानको कदर गर्दै स्टेशन भवन निर्माणका लागि सहयोग गरेको प्रतिक्रिया दिँदै एफएमको प्रगती र निरञ्तरताको शुभकामना व्यक्त गर्नुभयो । यसैबिच भिजन नेपालले जग्गादाता मगर र उहाँको परिवारलाई धन्यवाद दिएको छ । यो सहयोगले समाज रुपान्तरणमा लाग्न थप हौसला मिलेको भन्दै भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले जग्गादाता मगरलाई धन्यवाद दिनुभयो । प्राप्त जग्गामा केही समय भित्रै एफएमको स्टेशन भवन निर्माण गर्ने योजना रहेको उहाँको भनाई छ ।

गत फाल्गुण देखि ओखलढुंगा बजारबाट प्रसारणमा रहेको भिजन एफएमको स्टेशन करिब ३ हजार मिटरको उचाईमा रहेको जन्तरखानी स्थित ठाडेमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’