Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सांसद यज्ञराजले भने : ‘सिरीसे पुल नबनाउने ठेकेदारलाई छाडिन्न’

२०७४, १३ पुष बिहीबार १०:५४

पूर्णप्रसाद न्यौपाने,ओखलढुंगा । ओखलढुंगाको टारकेराबारी र रामेछापको सिरिसे जोड्ने लिखुनदीमा निर्माणाधिन अधुरो पुल निर्माण तत्काल अघि बढाउने सांसदहरुले प्रतिवद्धता जनाएका छन् । ओखलढुंगा र रामेछाप दुवै जिल्लाका प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुले तत्काल काम अघि बढाएर समयमै पुल निर्माण सम्पन्न गराउने प्रतिवद्धता जनाएका हुन् । 


अब तत्काल सिरिसे पुल निर्माणको कामलाई तिव्र रुपमा अघि बढाएर समयमै सम्पन्न गराउने ओखलढुंगाका प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले बताउनुभयो ‘सपथग्रहण पर्खिएर बस्दिनँ,भोली नै शिरिसे पुल निर्माणका लागि ताकेता गर्न अघि बढ्छु ।’ ०७० सालमा निर्वाचित भए पश्चात आफुहरुले सुनकोशीमा १४ वर्ष सम्म निर्माण सम्पन्न नभएको पुल सम्पन्न गराएको स्मरण गर्दै सुनुवारले भन्नुभयो ‘कुनै पनि नाम र बहानामा विकासको कामलाई ढिला सुस्ती हुन दिन्न,सुनकोशीमा १४ वर्ष सम्म नबनेको पुल पहिलो कार्यकालको सुरुवातमा सम्पन्न गराईयो अब यो पटक सिरिसे पुल सम्पन्न गराउन लाग्छु, विकासमा ढिला सुस्ती गर्ने ठेकेदारलाई छाड्दिन ।’

रामेछापका प्रतिनिधिसभा सदस्य सांसद श्याम कुमार श्रेष्ठले पनि सिरिसे पुल निर्माण सम्पन्न गराउन पहल गर्ने बताउँदै काम गर्न नसके ठेक्का छाड्न ठेकेदारलाई चेतावनी दिनुभयो । ‘ठेकेदारले तत्काल काम सुरु गर्नुपर्छ,काम गर्न नसके ठेक्का छोड्दिनु अर्को सक्नेले गर्छ ।’ विकासका काममा ढिला सुस्ती गर्ने ठेकेदारको कडा आलोचना गर्दै ओखलढुंगाका प्रदेश सांसद मोहन खड्काले भने ‘ ठेकेदारलाई खोलामा हालेर होईन काम अगाडि बढाएर काम पुरा गर्न लगाउने जिम्मा हाम्रो भयो ।’ रामेछापका प्रदेश सांसद शान्ती प्रसाद पौडेलले समयमा पुलनिर्माण सम्पन्न नभए ठेकेदार कम्पनीको लाईसेन्स खारेज हुने बताउनुभयो । ‘काम तत्काल नसके क्षमा हुने छैन,कम्पनीको लाईसेन्स नै खारेज गर्न म प्रस्ताव गर्छुु ।’ जनताको आशा अनुसार विकास निर्माणका काममा दृढता पुर्वक अघि बढ्ने र ढिला सुस्ती रोक्ने दुवै जिल्लाका सांसदले प्रतिवद्धता जनाएका छन् । 

दुई वर्षमा पुल निर्माण सक्ने गरि सम्झौता गरेर २०६८ सालमा काम सुरु गरिएको सिरीसे पुल निर्माणको काम आधा पनि भएको छैन । निर्माण सुरु भएको ६ वर्षमा पुलको जग मात्रै उठेको छ । स्टिल ट्रसको काम र पुलसम्म पुग्ने सडकको निर्माणको प्रारम्भिक चरणको काम पनि बाँकी नै छ । 


निर्माण कार्यमा ढिलाइ भएपछि ओखलढुंगाका नागरिक बेचैन छन् । किन बनेन हाम्रो पुल ? भन्दै त्यस क्षेत्रका नागरिकले खबरदारी गरेपछि ओखलढुंगाका सांसद यज्ञराज  सुनुवारले सरकारका कुन निकायमा पुगेर के गर्नुपर्छ त्यसमा आफु खट्ने र यहि हिउँदमा पुल निर्माण सम्पन्न गराउन लागि पर्ने आश्वासन दिनुभएको छ । 

२ वर्षमा काम सक्नेगरि ६० मिटर लामो उक्त पुल बनाउन कन्काइ ओमबुद्ध जेभि नामको कम्पनीसँग २०६८ सालमा ५ करोड ८६ लाखमा सम्झौता भएको थियो । काम अघि नबढेपनि कमिसनको चक्करमा सरकारले सम्झौता भने थपिरहेको स्थानीयको आरोप छ । 

रामेछाप र ओखलढुंगाको सीमामा पर्ने लिखुनदीमा निर्माणाधिन पुल अधुरो भएपछि ओखलढुंगाका नागरिक सास्ती बेहोर्न बाध्य छन् । हिउँदमा लिखुमा हेलिएर बस गाम्नाङटारसम्म पुग्छ । बस चढ्न बानी लागेका स्थानीय त्यही पुल नहुँदा वर्षायाममा रामेछापको धोवीसम्म पैदल हिड्न गर्न बाध्य हुन्छन् । बिरामी अस्पतालसम्म लैजान, बालबालिका र वृद्धवृद्धाको ओहोर दोहोरको पीडा सुनिसक्नुको छैन । ढुवानी समस्याले भूकम्प पछिको पुननिर्माणमा समेत त्यस क्षेत्रमा अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश